
कारक भाइरस
सामान्यतया Entero भाइरसहरु बिसेश गरि Coxsackie भाइरस A16 तथा Entero भाइरस ७१ को संक्रमणले यो बिरामी देखा पर्दछ. पोलीयो Echo हरु पनि Entero भाइरस अन्तर्गत पर्दछन.
लक्ष्यणहरु
१० वर्ष मुनि का बालबालिका हरु र त्यस मा पनि ५ वर्षा भन्दा मुनिका बच्चाहरु मा यो बढी देखिन्छ तर बयास्क हरु मा पनि यो बिमार हुन सक्दछ. बालबालिका हरु मा ज्वोरो आउनु, लोसो हुनु, कम खाना खानु,घाटी तथा सुरु मा रातो बिमिरा बाट सुरु भै पानि भरिएका जस्तो हुनु वा पानी र पिप जस्तो भरेका मुख मा सोर (SORE),अल्सर(ULCER) वा घाउ हरु देखा पर्नु र केहि दिनमा खुट्टा को पैताला तथा हत्केला मा पनि त्यस्तै देखिन्छ कैले काही यो मलद्वार को वरिपरी तथा घुडा तथा कुहिना एबम प्रजनन अंग तिर पनि देखिन सक्छ.
(माथि तस्बिर मा देखाएको जस्तै बिमिरा हरु आउदछन)
बालबालिका हरु दुखाई को कारण ले झगडा गर्ने रुने वा झिन्झिने हुन सक्छन साथै चिलाए जस्तो पनि गर्न सक्छन.
जटिलता हरु
– साना बच्चा हरु मा मुख वा घाटी को समस्या ले गर्दाकेहि खुवाउन नसकिने वा ननिलिने(निल्न नसक्ने) हुदा जल बिनियोजन वा Dehydration हुन सक्छ.
– कहिले काही तर धेरै बिरलै मस्तिस्क सम्म पुगेर meningitis वा encephalitis हुन पनि सक्छ.
कसरि सर्छ?
बिरामीको सिगान र्याल खकार तथा सरिरको अन्य झोल पदार्थ बाट साथी फोका को झोल (Blister Fluid) यसर्थ बिरामी बच्चा को संसर्ग मा आउने लाई यो सर्न सक्छ.
यति खेर काठमाडौँ क विभिन्न भाग मा प्राथमिक बिद्यालय जाने उमेरका बालबालिका मा यो समस्या देखिएको छ.
कसरि बच्ने ?
सरसफाई मात्र यसबाट बच्ने उपाय हो । बिशेष गरि बिरामी बच्चाको संसर्गमा आएपछी साबुन पानीले हात धुने तथा एउटै रुमाल प्रयोग नगर्ने नै एकमात्र बच्ने उपाय हो ।
उपचार तथा ध्यान दिनु पर्ने कुरा
– सामान्यतया यो एक हप्ता मा सन्चो हुन्छ.
– केहि खुवाउने नसकेको अबस्थामा वा जल्बिनियोजन भएको मा अस्पताल भर्ना पनि गर्न पर्न सक्छ साथै Definite उपचार नभएको ले लक्ष्यण अनुसार ज्वोरो वा दुखाई को कम गर्न Paracetamol तथा आबश्यकता अनुसार मुख भित्र लगाउन analgesic antiseptic जेल दिन सकिन्छ.
तातो पिरो नुनिलो खुवाउदा पोल्ने हुदा मनतातो वा सेलाएको दुध नरम खाना जस्तै केरा जाउलो नरम वा भिजाएको पाउरोटी वा विस्कुट खुवाउन सजिलो हुन्छ साथै झोलिलो कुरा हरु सुइरो (straw) ले खुवाउन पनि सकिन्छ.
केहि खुवाउन सकिएन पिसाब कम भयो वा अलि लठ्ठीयाएको भएमा अस्पताल वा स्वास्थ्यकर्मी को सल्लाह लिन राम्रो हुन्छ