स्वास्थ्य क्षेत्र लगायत लगभग धेरै क्षेत्रको परीक्षा दुई प्रकारले हुने गरेको छ ।
एक लिखित
अर्को, प्रयोगात्मक।
म अहिले स्वास्थ्य क्षेत्रको आधार चिकित्सासास्त्र (MBBS)बारे आफुले देखेका,भोगेका,सुनेका सत्यतथ्य घटनामा आधारित रहेर चर्चा गर्न गइरहेको छु।

हामी सबैले theory paper दिन्छौँ तर TU को अस्तब्यस्त पाठ्यक्रमको सिकार भने हामी विद्यार्थी हुन्छौ।
बिगतका केही बर्षमा अन्तिम बर्षका परिक्षामा भएका पेपर १ र २ मा आइओएमले निर्धारण गरेको पाठ्यक्रम अनुसार प्रश्न हरु नगरी १ को २ मा र २ को १ मा केही प्रश्नहरु सोधिएका थिए।
हो, चिकित्सक बन्दै गर्दा सबै कुराको ज्ञान हुनुपर्छ! तर, पाठयक्रम बमोजिन नहुने भए लाखौ करोडौ खर्च गरेर किन पाठ्यक्रम,तालिका,बिषयबस्तु,बिभागहरु बनाउनुपर्यो?
किन अनावश्यक खर्च गर्नुपर्यो?
एउटै मात्र कुरा के हो भन्दा निश्चित गरिएको काम र कुरा त्यही अनुरुप हुनुपर्दछ।

अब कुरा गरौ प्रयोगात्मक परीक्षाको।
बिद्यार्थीले यसलाइ मानसिक रुपमा टर्चर पाइने ठाउँको रुपमा लिएका छ्न। यहाँ कुनै निस्चित मापदण्ड हुदैन, अझ स्पष्ट रुपमा भन्नुपर्दा viva लिनेको मनमस्तिष्कमा जे आउँछ , जे चल्छ , त्यही सोधिने गरिदै आएको छ। यसमा बिद्यार्थीले आफ्नो ज्ञान,क्षमता,अनुभव भन्दा पनि आफ्नो भाग्यमा बिश्वास गर्नुपर्ने स्थितिमा पुग्ने गरेका छ्न।

न त IOM ले प्रकाशित गरेको रुटिङ अनुसार नै परिक्षा लिन्छ्न् ।
एउटा घटना लेखिहालौँ,
यो पटक नेपालको कुनै एउटा मेडिकल कलेजमा २४ घन्टाको समय दिएर १हप्ता पछिको परीक्षाको केही पार्ट अर्को परिक्षाको अघिल्लो दिन लिए र यसको लागि सुचना सोसल मिडियाबाट दिएछन्।
यसले निम्त्याउने समस्याहरु धेरै हुन्छ्न्।
IOM ले निकालेको रुटिङको केही मत्लब छैन?
केही अस्तित्व छैन?
केही अर्थ राख्दैन?
के बिद्यार्थीले परीक्षामा नपढी कुन बेला एउटा डिपार्टमेन्टले के सुचना जारी गर्ने हो भनेर सोसल मिडिया रिफ्रेस गर्दै कुरेर बस्नुपर्ने हो?
हो भने , रुटिङ को के अर्थ?
यसमा लापरबाही कसले गर्यो?
कलेज आफैँले वा बाहिरबाट आउने examiners ले?
परीक्षाको समयमा सुचनाका लागि सामाजिक संजाल खोलेर बस्दा कस्तो नतिजा आउला?परिक्षाको बेला सामाजिक संजाल नचलाएर परिक्षा छुट्यो भने जिम्मेवार को हुन्छ?
….
यो त भयो परिक्षा लिने दिन र समयमा नै लापरबाहीबारे!
अब प्रयोगात्मक परीक्षा कसरी लिइन्छ भन्ने बारे पनि लेख्दैछु।
पढाइ भन्दा पनि पुरै भाग्यमा आधारित हुने viva। कुनै एउटा कलेजको Internal Medicine को प्रयोगात्मक परिक्षाबारे
लेख्दैछु। एउटा विद्यार्थीलाइ General Physical Examination पर्छ भने अर्कोलाइ Neuro examination पर्छ ।
त्यो पनि चिट्ठाको भरमा !
तपाँइहरु सबैले अनुमान गरिसक्नुभयो होला यो दुइवटा Scenario मा के के सोधियो होला भनेर। बिधार्थिको नेचर नै हो,General Physical Examination को ले यताउती सोधखोज गरेर pallor,icterus बारे भन्यो र examiner बाट उत्कृष्ट सम्मको तारिफ पायो र उसले neuro को प्रश्न पनि सामना नै गर्नुपरेन ।
उसलाइ अरु कति निश्चित जान्नै पर्ने थियो कि थिएन भन्ने सोधपुछ हुँदैन!
एउटा एकरुप स्तर मापन पनि हुँदैन।
र , त्यही बेला Neuro पर्नेलाइ ५०%भन्दा अधिक प्रश्न tackle गर्दा पनि examiner को गाली(तँलाइ यति पनि आउदैन!के पढछौ?यस्तो नआउने पास भएर के गर्छौ?) सुन्नुपर्ने हुन्छ र अन्तिममा फेल हुन्छ्स् भन्ने सम्मको संकेत दिइन्छ। अब यहाँ मेरो प्रश्न के हो भन्दा;
• neuro case पर्ने विद्यार्थीले पनि अर्को आफ्नै साथीले उत्तर गरेको प्रश्नको उत्तर गरेर पास किन हुन पाउदैन्?
• किन प्रश्नहरुमा एकरुपता हुँदैन?
• किन एउटा निश्चित स्तर मापन हुँदैन बिधार्थिको?
• Examiners परीक्षा लिन आउने हुन कि विद्यार्थीलाइ परीक्षाको मौकामा मानसिक तनाब दिन?
• जो बिद्यार्थीहरु जे जे भनेर पास भएका छ्न् अरु विद्यार्थीलाइ किन त्यही त्यही सोधेर पास हुने चान्स दिँइदैन?
उनीहरुले नजान्दा किन उनिहरुलाइ समान प्रश्न सोधिँदैन।
…..
उदाहरण मात्र है यो चै!
जस्तै एकजनालाइ SOB र त्यसमा नै आधारित रहेर केही प्रश्न सोधेर पास गरिन्छ भने
अर्को जनालाइ Aphasia र त्यसमा आधारित रहेर मात्र प्रश्न गरिन्छ र यो नजानेसी अरु प्रश्न सिस्टमको नसोध्ने प्रचलन छ , अझ भोक लागेको बेला छ भने यो नै अन्तिम प्रश्न हुन्छ र फेल हुन्छ।
मेरो प्रश्न यहाँ हो, Aphasia नजान्नेले किन SOB बारे उत्तर गर्न पाउँदैन?
किन उसलाइ यो सोधिँदैन?
एउटै जाँच,एउटै बिषयमा एउटा विद्यार्थी एउटा भनेर पास हुन्छ भने अर्को बिद्यार्थी किन त्यही प्रश्नको उत्तर भनेर पास हुन पाउँदैन? किन उ चै SOB बारे उत्तर गरेर पास हुन नपाउने?
Aphasia बारे जान्न जरुरी छ त्यो छुट्टै कुरा हो तर दुबै बिद्यार्थीको एउटै स्तर त मापन हुनुपर्यो नि भन्ने कुरा हो।
यति लेख्नुको उद्देश्य एउटै हो , एउटा निश्चित स्तर मापन हुनुपर्छ, सबैलाइ समान र एकरुपता हुनुपर्छ र मौकामा मानसिक तनाब दिनुहुँदैन भन्ने हो।

अर्को कुरा भनेको परीक्षामा Examiners ले उत्तर भन्दा पनि Author को नाम सुन्न चाहने प्रवृत्ति हुँदो रहेछ। सर्बमान्य Answer Tackle र case solve भए नहुने हो र? Harrison, Bailey & Love , William’s ,Nelson नपढे, जाउ तिमी अहिले अनि गएर ६ महिनापछी यहि किताबबाट पढेर आउ भनेर पठाउने हो कि सहि उत्तर भने पनि हुने हो? अरु किताब पढनै नहुने हो भने प्रकाशन र बिक्रीवितरणमा नै रोक लगाउन सकिँदैन?
लेखेका किताबहरुमा हतारिएर नाम, डिग्री, डिपार्टमेन्ट र कलेजको नाम लेखाएर किताबको दोस्रो पान्नामा शुभेच्छा किन दिनुहुन्छ त तपाँइहरु?

प्रयोगात्मक परीक्षामा ठाउँ र रङगको आधारमा रहेर गरिने मूल्याकंनको पनि अन्त्य हुनु जरुरी छ।

यो परीक्षा लिने प्रक्रिया र टर्चर लेभल त लगभग सबै university मा उस्तैउस्तै होला।
अझ TU मा त निश्चित क्यालेन्डर केही हुँदैन । उसको आफ्नो निश्चित रुटिङ केही हुँदैन । नेपालको राजनीतिले जता मोडछ त्यतै मोडिन्छ । IOM को रुटिङ पनि, जहिले जे मन लाग्यो उर्दि जारी गर्दिए भयो।

त्यही भएर नीतिनिर्माता, Examiners सर/म्यामहरु हजुरहरु पनि कुनै न कुनै समय यहि phase लाई परास्त गरेर अहिले पुग्नुभएको ठाँउमा पुग्नुभएको हो भन्ने कुरा नबिर्सिदिनुहोला।
एउटा standard र level मापन हुने गरि IOM ले तोकेको दिनमा नै परिीक्षा लिदिनुहोला, शारीरिक भन्दा पनि मानसिक स्वास्थ्य स्वस्थ हुनुपर्छ भन्ने कुरा तपाँइहरुलाइ धेरै थाहा छ त्यसैले बिद्यार्थीले मनमष्तिस्कमा Examiners बाट परिीक्षाको पावन अवसरमा अनावश्यक तनाब हुँदैन भनेर आश्वस्त हुन सके भने परिक्षार्थिले सुखद नतिजा ल्याउन धेरै प्रेरित हुने थिए।

धन्यवाद सबैमा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय