३८ वर्षका न्यूरोसर्जन डा.सुवाष लोहनीको निधन भएको छ । टोखास्थित ग्राण्डी टावरमा उहाँ बेहोस अवस्थामा फेला परेका थिए ।
सोमबार दिउसो करीब ३ बजेतिर ओछ्यानमै बेहोस अवस्थामा फेला परेका लोहनीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डा.लोहनीले आत्महत्या गर्नुभएको थियो । लोहनीलाई देशकै सबैभन्दा आशाजनक न्यूरोसर्जनका रुपमा लिइन्थ्यो ।
न्युरोसर्जरी सम्बन्धि अनेकौं आर्टिकल रास्ट्रिय एवं अन्तरास्ट्रिय जोर्नलहरुमा प्रकासित गरेका डा .लोहनीको यो कदमले सिङ्गो चिकित्सा क्षेत्रलाई स्तब्ध पारिदिएको छ ।

लोहनीको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको र उहाँको निधनले स्तव्ध बनाएको मेडिकल क्षेत्रका अगुवाहरूले संजालमा लेखेका छन् ।

लामोसमय न्यूरो हस्पिटल बाँसबारीमा काम गर्नुभएका लोहनी हाल नेशनल न्यूरो सेन्टरमा आवद्ध थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय