” हामी
हामी रंग-रोगन छुटेका!
टुटेको ,फुटेका!
पुराना क्यारामबोर्डका
गोटी हौं !
एउटा स्ट्राइकर बाट संचालित !
हो,
हामी मानिस कम, बढ्ता गोटी हौं ! ”
भुपी शेरचनको यो कबिता डाक्टरलाई नै सोचेर लेखेका होलान् ?
मलाई त ठाक्कै हो झैँ लाग्छ?
तपाइँलाई लाग्दैन?
आफ्नो आधारभूत आवस्यकता अनि अधिकारका लागि पनि एकजुट हुन्न नसक्ने हामी “बौद्धिक पेशा” का लाई जिस्काएझस्तो लाग्दैन?
….

नेपालको चिकित्सा क्षेत्रबारे बिमर्श गर्नुपहिले म एउटा निचोड सुरुमै भनिहाल्छु।
पहिला हामी स्वयं सुध्रीनुपर्छ अनि सिस्टम सुधार्न लाग्नुपर्छ , त्यसपछि हाम्रो हक अधिकार हामीले पाउने छौ।
यहि निचोडबाटै लेखको सुरुवात गरेँ किनकी यथार्थ (दु:खद) आजको समयमा यहि हो।
…..
एक दुई हजार डाक्टर हुँदा बनाइएको निति-नियम अहिले तीस हजार डाक्टर हुँदापनि त्यही निति -नियमलाई मानेर हामी हिड़नु परेको छ।
अर्थात् , मान्न बाध्य पारिएको छ।
प्रष्ट छ,
हामी डाक्टरमाथी सरकारले अन्याय गरेको छ ।
हामीसँग मात्र होइन, यस्तो रबैयाले जनताको स्वास्थ्यसेवा पाउने नैसर्गिक अधिकारमाथी पनि खेलवाड गरेको छ ।
डाक्टरलाई बेरोज़गार बनाएर, डाक्टरलाई हरेक स्वास्थ्य केन्द्रमा नलगेर।
स्वास्थ्य नै ठुलो धन भन्ने अनि स्वास्थ्य उपचार गर्न चाहिँ डाक्टर नखटाउने।
यदि सरकारलाई डाक्टर चाहिएको छैन भने किन हरेक बर्ष हजारौको संख्यामा उत्पादन गर्नु पर्यो?
यति सामान्य तर आजको समयको सबैभन्दा महत्त्वपूर्ण प्रश्नको उत्तर दिन कोहि सरोकारवाला निकाय तयार छ?

अरु विषयको ब्याचलर पढ़न ४ बर्ष अनि खर्च १० लाख भन्दा कम लाग्ने ।
तर, हामी डाक्टरको ब्याचलर सकिन ६-७ बर्ष अनि खर्च ६०-७० लाख लाग्ने।
अनि, जागीर खाने बेला चाहिँ डाक्टर(आठौ तह ) र अरु विषयबाट आएकोको एउटै तलब एउटै राख्ने!
यो बिभेदकारी हो कि होईन?
कि, पढाई खर्च एक गराउन पर्यो होईन भने हामीलाई आफ्नो मिहेनेत, पढाई खर्च अनुसार वैज्ञानिक तरीकाले तलब दिनु पर्यो।
यदि, यो दुबै हुँदैन भने हामीसँग एउटै विकल्प रहेनेछ!
त्यो भनेको यस्तो बिभेदकारी नीतिको बिरोध गरिरहने अनि यस्ता नीतिनिर्मातालाई प्रश्न गरिरहने।
मेडिकल शिक्षाको को फिचाहिँ हरेक २-३ बर्षमा बढ़ने अनि हाम्रो तलब चाहिँ किन त्यही अनुपातमा नबढ्ने?
…..
सरकारलाई बास्तवमै डाक्टर चाहने भए यो एक-दुई दिने ट्रेनिङ प्यारामेडिकल पढेकालाइ पक्कै दिने थिएन होला।
बरु,
सरकारले देश भरिको निजिमा काम गर्ने डाक्टरलाई पनि समय-समयमा ट्रेनिङ दिएर उनीहरुको क्षमता वृद्धि गरेर आफ्ना जनतालाइ विशेषज्ञ डाक्टरबाट सेवा दिन तयार हुन्थ्यो होला ।
तर,
यो बिल्कुलै भइरहेको छैन।
किन ?
आख़िर किन हामीलाई ट्रेनिङ दिनबाट बन्चित गरिएको छ?
सरकारी डाक्टर साबहरु भत्ता पाउने खुसीमा गैर-चिकित्सा पेशाका लाई बिभिन्न किसिमको तालीम दिएर malpractice गर्ने भाँडो उत्पादन गर्न टेवा पुर्याउनु हुन्छ।
अनि, malpractice गर्ने ले बाहिर छाती पिटेर भन्ने गर्छन,” OBS/GYN गरेको ले CAG गर्न पाउँदैन तर हामीले पाउछौ”।

अवस्था कस्तो सम्म छ भने,
Anxiolytics drugs लेख्न १५-२० दिन को training लिए हुँदो रहेछ ।
उनीहरुलाई anxiolytics देखी antipsychotics drugs लेख्न सिकाउने को हो त?
हाम्रै डाक्टर होईनन्?

नेपालमा भएको psychiatric association लाई बिनम्र अनुरोध गर्न चाहन्छु- अब देखी यस्तो ट्रेनिङ दिन बन्द गर्नु होला, सरकारलाई ज्ञापन पत्र दिनु होला डाक्टर बाहेक अरुलाई यो ट्रेनिङ दिन मिल्दैन भनेर।
सक्नुहुन्छ?
फेरि,
दोहोर्‍याएर सोध्छु- सक्नुहुन्छ ?
सक्नुहुन्छ भनेर तपाइँलाई सम्मान छ।
होइन भने,
तपाइँ भित्रको Medical Ethics लाई धिक्कार छ ।
….
Radiologist association लाई पनि अनुरोध छ – सरकारी भत्ता को चक्कर मा ANM/CMA हरुलाइ जथाभाबी USG को training दिने काम बन्द गर्नु होस।
medical officer ले USG गर्दा जघन्य अपराध हुने अनि paramedics ले गर्दा नहुने?
भोली बज़ारमा गएर जथाभाबी USG गरि तपाई हरुको भाग खोस्ने नै यी नै हुन्।
Training दिने भए कमतिमा डाक्टर पढेकोलाई दिनु होस् ।
….
हरेक देशमा सरकारी बिदाको दिन हरेक प्राइभेट सेक्टर बन्द हुन्छ। तर, हाम्रो नेपालको private medical college/hospital ले चाहिँ किन डाक्टर अनि अरु स्वास्थ्यकर्मीको श्रम शोषण गरिरहेका छन् ?
निजि मेडिकल कलेजलेले किन आफ्नो छुट्टै क्यालेन्डर निकाल्छ?
किन, उनीहरुले सरकारको नियम follow गर्दैनन्?
NMA अनि NMC अब दुईवटै संस्था मिलेर सरकारी र गैर-सरकारी संस्थामा काम गर्ने डाक्टर को सेवा-सुबिधा एक सम्मान गर्नु पर्यो।
हाम्रो श्रम शोषण धेरै भयो, यसको अन्त्य हुनैपर्छ।

malpractice लाई support गर्ने डाक्टरको के कुरा गर्ने ।
लेख्दा बोल्दा थकित भैसकियो ।
स्विकार्नुस् वा अस्वीकार गर्नुस् ,- आज हाम्रो हालत यस्तो भएको नै तपाँईहरुको करामत अनि malpractice गर्ने प्रति को बफादारीले हो।
अझै कति उनिहरुलाई support गर्नु हुन्छ?
अझै कति उनिहरुको दास बन्नु हुनछ?

धेरै malpractice को बारेमा लेखियो, तपाइँहरु आफ्नो गल्ती महसुस गर्नुओअर्नेमा अझै समर्थन गरि राख्नु नै भएको छ ।
मेरो युवा चिकित्सकमा एउटा आग्रह छ ।
सबैले आफ्नो-आफ्नो ठाऊको malpractice लाई समर्थन गर्ने डाक्टरको नाम याद गर्नुहोला ।
किनकी, भोली यही डाक्टरसाबहरु हाम्रो हक-हित को लागी भनदै हामीलाई मूर्ख बनाउन आउनुहुन्छ । यिनै डाक्टरको खोलमा आफ्नोबाहेक कसैको केही नसोच्नेहरु NMA/NMC को चुनावमा “मिलेर लड्नुपर्छ” भन्दै आदर्शका गफ बेच्न आउनेछन।
….
malpractice लाइ समर्थन गर्ने मेरो ठाँऊको डाक्टरसाबहरुको नाम मलाई एकएक थाहा छ । तपाँईहरु पनि याद गरि बस्नुहोला।
किनकी,
समय आउनेछ ।
यस्तो समय आउनेछ जहाँ सत्यको जीत हुनेछ ।
आफुले सत्य बोलेको देखाउन प्रमाण चाहिनेछ ।
अनि,
प्रमाण हामीसँग हुनेछ ।
….
अरु देशमा डाक्टरलाई सरकारले धेरै किसिमको सेवा-सुबिधा दिने गर्छन् ।
कतै करमा छुट,
कतै apartment मा छुट ,
कतै petrol/disel मा छुट !
तर, नेपालमाचाहि पढ्दादेखी लुटेको जागीर गर्दा सम्म लुटेका छन् ।
छुटको कुरा के गर्ने पाएको तलब ले आफ़ैँलाई खर्च धान्न नसकिने अवस्थामा पुगी सकेका छौ।

कमसे कम करमा छुट सम्भव नभएपनीडाक्टरको जिन्दगी सजिलो बनाउन अन्य सहज विकल्पबारे त सोच्न सक्छ नि सरकारले !
हरेक स्थानीय तहमा लोक-सेवा बाट डाक्टर खटाउन जोड़ दिनु पर्यो।
डाक्टर अनि उसको परिवार लाई उपचारमा छुट को व्यवस्था गर्नु पर्यो।
डाक्टरको बिमा गर्दिनु पर्यो।
MO लाई independent बनाउन लाग्नु पर्यो ।
किनकी,
MD/MS धेरै उत्पादन भयो भने हाम्रो हालत झन बिजोक हुने वाला छ।

लेखेर दिन्छु, हामी एक त हुँदै हुँदैनौ।
आफुचाहिँ आफ्नो पार्टीको लाई खुलेर समर्थन गर्ने अनि अर्कोंले अर्कों पार्टीलाई समर्थन गरे चाँही यँहा issue हुने रहेछ। जति खोके पनि हामी एक नहुने रहेछौँ।
त्यसैले मैले लेखको सुरुवात गरेको वाक्यबाटै यो लेखको अन्त्य गर्नेछु !
“पहिला हामी स्वयं सुध्रीनुपर्छ अनि सिस्टम सुधार्न लाग्नुपर्छ , त्यसपछि हाम्रो हक अधिकार हामीले पाउने छौ”।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय