कोरोनाका कारण झन्डै साढे एक वर्षको प्रतिक्षापछि एकीकृत प्रवेश परीक्षा पास गरेर गएका विद्यार्थीहरु चिकित्सा शिक्षा आयोगको गैरजिम्मेवारीले अहिले आफूले चाहेको विषय र कलेज पढ्न नपाइने हो कि भन्ने मानसिक चिन्तामा परेका छन् ।
BPH लगायतका प्यारामेडिकल बिषयमा पढ्ने Paying अनि छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीहरु आफ्नो क्षमताभन्दा कमको भएकाले आफुहरुलाई घाटा हुने कलेजहरुले बताएका छन् ।
स्वास्थ्यपाटीले प्यारामेडिकल बिषय पढाउने केही कलेजमा फोन गरेर बुझ्दा यस्तै प्रतिक्रिया दिए।

विद्यार्थीहरुले कलेजबाट यस्तो गैरजिम्मेवार जवाफ पाएपछी समन्वयकारी निकाय चिकित्सा शिक्षा आयोगमा जाँदा त्यहाँबाट पाएको प्रतिक्रियाले थप निराश भएको बताए।
के भन्यो त आयोगले?
“कलेजको तर्फबाट सोच्ने हो भने उहाँहरुको कुरा ठिकै हो । त्यत्रो लगानी गरेर कलेज खोल्नुभएको छ,विद्यार्थी आइदिएनन् भने त घाटा हुने भैहाल्यो नि।पहिलोपटक भएकाले हामी छलफलमै छौँ । कि, तपाइँहरु जस्तै अर्को ब्याचको छिटोभन्दा छिटो परीक्षा लिएर कोटा पुर्याउनुपर्यो । यस्तो ब्याच गाभ्ने चलन तपाइँहरुलाइ अहिले सोच्दा नराम्रो लागेपनी एकदमै कमन हो । मेरै पालीमा टियुले यस्तै गर्दिएको थियो”- अहिले चिकित्सा शिक्षा नियमन गर्ने सर्वाधिकार पाएको “चिकित्सा शिक्षा आयोग” मा बुझ्न जाँदा यस्तो जवाफ आएछ जसको अडियो क्लिप स्वास्थ्यपटीसँग सुरक्षित छ ।

जिम्मेवार निकायले नै गैरजिम्मेवारी प्रदर्शन गरिरहेको यो बिषयले कसरी समाधान निकालिन्छ, सयौं विद्यार्थीको भबिस्यसँग जोडिएको छ।

एमबीबीएस र बिडिएस पढाइ हुने २२ मेडिकल कलेजका लागि एमबिबिएस तर्फ विभिन्न कलेजलाई १८३५ सिट प्रदान गरेको छ । त्यस्तै स्वास्थ्यका अन्य विषय पढाइहुने ७६ कलेजलाई आयोगले सिट संख्या तोकेको हो । जस अन्तर्गत बिएससी नर्सिङ तर्फ ११०० सय, बिएससी एमएलटी तर्फ ४२५, बिएससी एमआइटी तर्फ ७१, बिएससी मेडिकल माइक्रोबायोलोजी तर्फ २०, बिएससी मेडिकल बायोकेमेस्ट्रीलाई २०, बिपिटी तर्फ १५०, बिफार्मा ९०२, बिपिएच १४२०, बिओप्टोमेट्री ६७, बिएनएस ९एम्आईडी० ७०, बिएनएस ११९५, बिडीएस ५६५, बिएएसएलपी ६, बिएएमएस ८०, परफ्यूजन टेक्नोलोजी तर्फ ५ सिट निर्धारण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय