
नोट: स्वास्थ्यपाटीले नेपाल मेडिकल काउन्सिलको चुनावलाई लक्षित गरेर उम्मेद्बारहरुसँग “मेरो उम्मेद्बारी किन?” भन्ने शृङ्खलाबद्ध छलफल चलाउने भएको छ। कृपया,इच्छुक उम्मेद्बारहरुले आफ्नो परिचयसहितको योजना स्वास्थ्यपार्टीको आधिकारिक फेसबुक पेजमार्फत https://www.facebook.com/SwasthyaPati/
वा,swasthyapati@gmail.com
मा पठाउनुभए आभारी हुनेछौं)!
…………
यो लेखमा हामीले नेपाल मेडिकल काउन्सिलको चुनावमा सदस्यका उम्मेद्बार डा. सुर्य नारायण शाहका योजनालाइ समेटेका छौँ !
……
मेरो नाम डा.सुर्य नारायण शाह हो।
म उमेरले ६० काटेँ। दसैं अघिसम्म झापाको दमकमा रहेको लाइफलाइन अस्पतालको मेडिकल डाइरेक्टरको जिम्मेवारीमा थिएँ। अहिले मैले राजिनामा दिएँ। अब ६० पुगेपछि अवकाश लिनुपर्छ भन्ने सोचले अस्पतालबाट राजिनामा दिएको हुँ। अबको मेरो समय काउन्सिललाई दिन्छु भन्ने सोच बनाएर काउन्सिलको आगामी निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएको छु।
आफ्नो अनुभव ,बर्तमान समयका युवा चिकित्सकको उत्साह अनि केही गर्ने अठोटलाई जम्मा गरेर मैले काउन्सिलको चुनावमा आफ्नो उम्मेद्बारी दिएको हुँ।
काउन्सिल मार्फत मेडिकल क्षेत्रका व्यक्तिहरुका लागि केही गर्न सकिन्छ कि भन्ने सोच हो। चिकित्सा क्षेत्रमा डाक्टरहरुले जुन असहजता भोगिरहेका छन्, त्यसलाई कसरी सहज बनाउने भन्ने मेरो योजना छ।
मेरो बुझाइमा समय लगानी गर्यो भने कुनैपनि काममा सफलता पाउन सहज हुन्छ। तर एकठाउँमा जागिर छ काउन्सिलको मुद्दा पनि हुन्छ। उसले समय नै दिएन भने केही गर्न सक्दैन। त्यसले गर्दा काउन्सिलले जति समय माग्छ मेरो वा काउन्सिलको मुद्दामा मेरो कति समय आवश्यक पर्छ, ती मुद्दाहरु लिएर जहाँ जानुपर्छ त्यहाँ जान मलाई सजिलो हुन्छ। किनकी म अब अन्य ठाउँमा काम गर्ने सोचमा छैन।
त्यहि हुनाले समय सापेक्ष रुपमा अस्थिर सरकार, नियम कानुन अनुसार देखिएका समस्या समाधान गर्न समय भएमा सजिलो हुन्छ। म काउन्सिलाई समय दिन्छु र चिकित्सकका समस्याहरु समाधान गर्न कटिबद्ध हुन्छु। त्यही अनुसार योजनाहरु बनाउछु।
योजना त सबैले बनाउछन्। प्रतिवद्धता पनि सबैले जनाउछन्। ‘प्रमिस’ गर्नु ठूलो कुरा होइन, त्यसलाई व्यवहारमा लागू गर्न सकिन्छ वा सकिँदैन भन्ने विषय ठूलो कुरा हो। पहिला पहिला उम्मेदवारी दिनुभएका चिकित्सकहरु भोट माग्न आउथें हामीले सोध्ने गथ्र्यौं–काउन्सिललाई कसरी समय दिनुहुन्छ? भनेर।
उहाँहरुले मिटिङमा पालो मिलाएर जाने भन्ने जवाफ आउथ्यो। यसको अर्थ सदस्य बन्नका लागि मात्र उम्मेदवारी दिनेहरु पनि हुन्थ्ये। त्यसले गर्दा मेरो मुख्य प्रतिवद्धता नै म काउन्सिललाई पर्याप्त समय दिन्छु, त्यही अनुसार काउन्सिलका काम कार्य गर्छु।
अहिले चिकित्सा क्षेत्रको सबैभन्दा क्रुसियल समय हो। चिकित्सक अनि चिकित्सा क्षेत्रमाथी चौतर्फी आक्रमण भइरहेको यो समयमा चिकित्सक आफैं भित्र लड्नु भन्दा एकजुट भएर एउटा निश्चित कार्ययोजना बनाएर सरोकारवाला निकायलाइ खबरदारी गरिरहनु आजको प्रमुख आवस्यकता हो।
काउन्सिल यसको लागि समन्वयकारी भुमिका खेल्न सक्छ ।
मेरो उम्मेद्बारी यसैको लागि हो।
धन्यवाद !