
नेपाल चिकित्सक संघले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलन प्रती ध्यानाकर्षण भएको जनाएको छ।
आज एक बिज्ञप्ती जारी गर्दै संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजालले नेपालको इतिहासमा न्यायमुर्तिको रुपमा मानिएको सर्वोच्च पदमा आसिन ब्याक्ति बिबादास्पद भइ देशभरका कानुन व्यावसायिहरु आन्दोलित हुनु दुखतभएको जनाएको छ ।
संगै , यस्तो क्रियाकलापले कानुनी राज्य र बिधिको शासनमाथी नै अवरोध सिर्जना भइ न्याय सम्पादनमा देखिएको अबरोधले देशको प्रतिष्ठामाथी नै आँच पुगेको भन्दै नेपाल सरकारलाइ सहजीकरण गर्न आग्रह गरेको छ।
तर,आफू मातहतका चिकित्सकलाई कार्यस्थलमै दुव्र्यवहार हुँदा पनि औपचारिक बिज्ञप्ती बाहेक अरु पहलकदमी नलिने भनि आलोचित संघको यो बिज्ञप्तीप्रती विभिन्न प्रतिक्रिया आइरहेका छन् ।