नोट: स्वास्थ्यपाटीले नेपाल मेडिकल काउन्सिलको चुनावलाई लक्षित गरेर उम्मेद्बारहरुसँग “मेरो उम्मेद्बारी किन?” भन्ने शृङ्खलाबद्ध छलफल चलाउने भएको छ। कृपया,इच्छुक उम्मेद्बारहरुले आफ्नो परिचयसहितको योजना स्वास्थ्यपार्टीको आधिकारिक फेसबुक पेजमार्फत https://www.facebook.com/SwasthyaPati/
वा,swasthyapati@gmail.com
मा पठाउनुभए आभारी हुनेछौं)!

…………
यो लेखमा हामीले नेपाल मेडिकल काउन्सिलको चुनावमा सदस्यका उम्मेद्बार डा.सन्दिप साहको योजनालाइ समेटेका छौँ !
……..
परिचय
मेरो नाम डा. सन्दिप साह हो। मैले आफ्नो स्नातक (BDS) सन् २००४ सालमा अनि स्नातकोत्तर (M.S. Human anatomy) सन् २०१० सालमा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गरेको हुँ।
त्यसपछि म वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभुत चिकित्सा विज्ञानको शरीर संरचना विभाग ( Basic medical sciences -anatomy) मा हाल सह-प्राध्यापक पदमा कार्यरत छु। चिकित्सकहरुलाई पनि कानुनको जानकारी हुनपर्छ मेरो मान्यता हो।यो कुरा मनन गर्दै मैले साल २०७६ मा त्रिभुवन विश्वविद्यालय बाट कानुन विषयमा स्नातक (LLb) गरेँ।

हितको द्वन्द्व (Conflict of interests)
२०७८ साल कार्तिक २ गते मैले आसन्न नेपाल चिकित्सक परिषदको चुनावमा सदस्य पदको लागि आफ्नो उम्मेदवारी गरेको सबैलाई अवगत गराउन चहान्छु।
मैले सम्पूर्ण चिकित्सकहरुको साथको अपेक्षा गरेको छु। सर्वप्रथम मेरो यो उम्मेदवारी दर्ता गर्दा मेरो कुनै किसिमको हितको द्वन्द (conflict of interests) छैन भनेर सम्पुर्णमा यहि माध्यमबाट घोषणा गर्दछु ।
मेरो कुनै निजि वा कुनै Quack हरुको अस्पतालहरुमा लगानी छैन। त्यसैले यस्ता गैरकानुनी ढंगबाट संचालित अस्पतालहरुलाई नियन्त्रण गर्न सकिन्छ भनेर मैले आफ्नो उम्मेदवारी दिएको हुं।चुनावको लागि मात्रै कर्णप्रिय एजेन्डा बनाउन र प्रसार गर्न मैले आफ्नो उम्मेदवारी दर्ता नगरेको सबै चिकित्सकहरु समक्ष जानकारी दिन चाहान्छु।

मेरो उम्मेदवारी किन?
काउन्सिल नेपाल सरकारको अधिनको एउटा गुणस्तरीय चिकित्सा सेवाको लागि अर्ध न्यायिक/प्रशासनिक परिषद हो। मैले आफ्नो ज्ञान र असल प्रयासले काउन्सिलको कार्यक्षेत्र बमोजिम केही सकारात्मक गर्न सकिन्छ भनेर कुनै गुट/पेनल वा राजनितिक आस्थाले उम्मेदवार नबनेको पनि सम्पूर्ण चिकित्सकहरुमा पुनः यसै माध्यमबाट भन्न चाहान्छु।

विभिन्न लिखित दस्तावेजहरु (NMC act 2020 , NMC Regulation 2024 र राष्ट्रिय चिकित्सक शिक्षा ऐन २०७५)लाई मनन गर्दै मैले नेपाल मेडिकल काउन्सिलको आसन्न चुनावमा उम्मेदवारी दिएको कारण देहाय बमोजिम छ।
१) काउन्सिलको सेवा सुविधा विकेन्द्रीकरण गर्न निर्णय गराउने।
२) कुनै कुरा लेखेर मात्रै हुन्न देखिनु पनि पर्छ।काउन्सिलको ऐन र नियमावलीहरु लाई पनि चिकित्सा सेवा देशको हित हुने कुराहरु कार्यनयन गराउन काउन्सिलको पुर्ण सदस्य बैठकले निर्णय गर्दै माथिल्लो निकायमा पनि निर्णय गर्न गराउने।

३)काउन्सिलको ऐन/नियमावली आचारसंहिताहरुलाई Quackism in medicine लाई नियन्त्रण गर्न मुलुकी ऐन २०७४ बमोजिम मिलान गर्न वा सकेसम्म सो बमोजिम माथिल्लो निकायहरुसँग छलफल गरि संसोधन गर्न लगाउन सकारात्मक भुमिका खेल्नेछु।
काउन्सिलको आचारसंहिता र मुलुकी ऐन २०७४ यस्ता क्रियाकलापहरुलाई अपराधीक कसुर मानेको छ तर यस्ता व्यक्तिहरुको विभिन्न किसिमको छत्रछायामा बसेकोले सजाय निधारण हुने फितलो हुनेगर्छ। त्यसैले काउन्सिलले आफ्नो ऐनलाई संशोधित गर्दै नेपाल सरकार र यससँग सम्बन्धित सबै निकायहरुसंग सहकार्य गर्दै यस्तो मामलाहरुलाई काउन्सिल आफै सक्रिय भै suo moto को सिद्धान्तलाई मनन गर्दै दण्ड सजाय दिन लगाए मात्रै यस्तो अपराधीक क्रियाकलाप केही हद सम्म रोकिन्छ। यो बिषय हाम्रो NmC ऐन 2020 को प्रस्तावनाको मर्मले पनि यहि कुरो फराकिलो रुपले बुझिन्छ। जहाँ लेखिएको छ:

Preamble: “Whereas, it is expedient to manage qualification of Medical practitioner and also registration of Medical practitioner qualified in modem medicine for the scientific utilization of modem medicine throughout the ….Nepal”.

४) CPD संबंधित तालीम/सेमिनारहरुलाई अझै वैज्ञानिक ढङ्गले चिकित्सा शिक्षाको सबै विधालाई (all Basic/clinical/dental discipline ) प्रभावकारी बनाउने।
५) श्रम ऐन २०७४ बमोजिम हरेक (Hospitals/colleges) बमोजिम नेपाली चिकित्सकहरु कै हित हुने गरि दरबन्दीको मापदण्ड पुन समीक्षा गरेर स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगको महत्त्वपूर्ण कार्य गर्न पहल गर्ने।
यति मात्रै गर्ने हो भने आम चिकित्सकहरुलाई धेरै राहत हुन्थ्यो होला।

मेरो केही अनुभव
मैले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा Junior residents welfare society को सदस्यको रुपमा काम गरेको सफल अनुभव छ। त्यसपछी सोही संस्थाको चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको सदस्य र सह-सचिवको पदमा दुई कार्यकाल सफल रुपमा कार्य गरेको पनि अनुभव छ।
त्यसैगरि नेपाल चिकित्सक संघ (धरान शाखा) को कोषाध्यक्षको रुपमा र अहिले भ्रष्टाचार र दलीय भाग-भण्डाको बिरोधमा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानको सक्रिय सदस्यको भुमिकामा पनि रहेको जानकारी दिन चाहान्छु।

अन्तमा,
चिकित्सा र कानुन क्षेत्र केहि हदसम्म अन्तरनिहित रहेको देखेर मैले काउन्सिलको उम्मेदवारी मनोनयन दर्ता गरेर उम्मेदवारी दिएको छु।
हामी चिकित्सकहरुमा एकता भयो भने quackery लाई नियन्त्रण गर्न सकिन्छ (चाहे त्यो Clinical discipline वा dental होस वा Basic SCIENCES मा)।
आजको दिनमा यस्तो द्वन्द्व आउनु भनेको हामी नै एक किसिमले दोषी पनि देखिन्छौ।
नयाँ मेडिकल अफिसर भाइ/बहिनीहरु शुरुको जागीरको लागि धेरै जसो मामलामा चिकित्सकहरुले खोलेका अस्पतालमा नपाएर त्यस्ता गैरकानुनी दङ्ग बाट Quack द्वारा चलेकामा काम गर्नु बाध्य छ्न।सम्मानको कुरा त पर भो, वहाँहरुको श्रम शोषण हुने गर्छन्।
त्यसैले काउन्सिलको आचारसंहितामा “एउटा चिकित्सकले अर्को चिकित्सकको सम्मान गर्नुपर्छ” लेखिएर मात्रै हुन्न यो कुराहरु हाम्रा मेडिकल अफिसर भाइ/बहिनीहरुले महसुस पनि गर्नुपर्छ।

“हाम्रा भन्दा राम्रा र सक्षम उमेदवारहरुलाई साथ दिनुहुन्छ भनेर विश्वस्त छु। सम्पुर्ण चिकित्सकहरुले मलाई मत दिएर विजयी गरिदिन विनम्र अनुरोध गर्द्छु।

धन्यवाद ।।

डा सन्दिप साह
उम्मेदवार (सदस्य पद)
नेपाल मेडिकल काउन्सिल
Nmc:9344
BDS (Bpkihs)
M.S. ANATOMY (BPKIHS)
LLB-TU
सह-प्राध्यापक (Anatomy),BPKIH

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय