
अमेरिकी ट्रान्सप्लान्ट सर्जन डा. रोबर्ट मन्टमोगेरीको नेतृत्वमा सुंगुरको मृगौला मानवमा सफल प्रत्यारोपण गरेपछी संसारभर यो बैज्ञानिक चमत्कारलाई लिएर अनेकौं प्रश्न उठिरहेका छन् ! Genetically Engineered pig को मृगौलाको मानवमा सफल प्रत्यारोपण भएको हो।
असम्भव लाग्ने यो कसरी सम्भव भयो होला?
ट्विटरमा कुनै समय सुंगुरको बारेमा अध्ययन गरेका सुशील देवकोटाले आफ्नो जानकारी सामान्य शब्दमा बुझाउने गरि लेखेका छन् ।
उनैको ट्विटमा आधारित रहेर तयार पारिएको यो आलेख!
……
आजको विज्ञान लहरोः Organ donorको रुपमा सुँगुरको प्रयोग। सानो ब्यक्तिगत कुरा, मेरो सुँगुरको सानो अनुसन्धान बारे। २०१५ तिर मैले पनि सुँगुरलाई मोटोपनको अनुसन्धानमा प्रयोग गर्ने प्रयास गरेको थिएँ। प्राय जनावरको अनुसन्धान मुसामा हुन्छ। सजिलोको कारणले गरिएपनि मुसा र हामीमा फरक छ।
तर सुँगुर र हाम्रो शरीरको धेरै कुरा मिल्छ। अँगहरु पनि उस्तै size का छन्। सुँगुरहरु धेरै उत्पादन गर्ने system छ। अनि मोटोपनको अनुसन्धानमा त झन् अरु कुरा पनि मिल्थ्यो। हामी जन्मदा हाम्रो शरीरमा भएको बोशो brown fat हो जो पछि शरीरमा थोरै मात्रामा सिमित हुन्छ र white fat धेरै हुन्छ।
सुँगुरमा पनि पहिला brown fat धेरै हुन्छ र हुर्के पछि white fat धेरै हुन्छ। भनेपछि सुँगुर र हाम्रो metabolism मिल्छ। मैले गरेको काम चाहीँ सुँगुरमा LDLR gene हटाउनु थियो। LDLR ले Cholesterol मा भएको LDL लाई समाएर cell भित्र लगेर त्यसलाई पचाऊँछ।
मुसामा LDLR नभए भने Cholesterol cell भित्र पस्न सक्दैन र रगतमै रहिरहन्छ, अनि रक्तनली जाम गराएर प्रेशरको रोग लाग्छ। हामीलाई सुँगुरमा पनि त्यस्तो हुन्छ कि हुन्न भनेर हेर्न मन थियो, किनभने मुसा भन्दा सुँगुरमा काम गर्यो भने त्यो मान्छेसँग बढी मिल्छ। अब LDLR कसरी हटाउने त?
हाम्रो शरीरमा २ प्रकारका cell हुन्छन्, somatic cell जो हाम्रो पुरा शरीर हो, अनि germ cell जो शुक्रकिट र अँण्डा हो। जब शुक्रकिट र अण्डा मिल्छ, त्यो बेला हामी १ cell हुन्छौँ। त्यो एउटा कोष बिभाजित भएर नै हामी खरबौँ कोष भएको मान्छे बन्छौँ।
त्यो १ कोष भएको बेला DNA मा परिबर्तन गर्यो भने, त्यो पछि सबै कोषमा त्यो परिबर्तन जान्छ ( मूलको पानी धमीलो भयो भने सबै धमीलो हुन्छ भने जस्तै)। यसलाई germline editing भन्छ। मैले गरेको काम चाहीँ सुँगुरको कानको कोष निकालेर (fibroblast भन्छ), त्यो कोषमा LDLR काटेर फाल्ने।
तर कानको कोषबाट त बच्चा हुन्न, किनभने त्यो somatic cell हो। तर उपाए छ। त्यो कानको कोषको LDLR हटिसकोको nucleus निकोलेर, सुँगुरको अण्डामा हाल्दिने। यसलाई SCNT (somatic cell nuclear transfer) भन्छ। सँसारकै पहिलो clone भेडा Dolly बनाएको पनि यसरी नै हो।
हेर्नुस् है, अण्डा भित्र nucleus छिर्यो। यो भनेको त प्राकृतिक रुपमा यौन सम्पर्क गरेर शुक्रकिटले आफ्नो DNA अण्डामा छोडेको जस्तै भो। अब त्यो एउटा कोषलाई सुँगुरको पाढेघरमा लगेर हाल्दियो भने त्यो १ वटा बाट २, २ वाट ४ हुँदै पछि सुँगुरको बच्चा जन्मिन्छ।
याद गर्नुस्, हामीले त्यो nucleus बाट LDLR काटेर फालेका थियौँ र अब त्यो जन्मिने बच्चामा पनि LDLR हुन्न। अनि त्यो LDLR नभएको सुँगुरमा कस्ता रोगहरु लाग्छन् हेरेर, मान्छेमा पनि यस्तै होला भनेर अनुसन्धान गर्ने हो। मैले शुरु गरेपनि २०१६ मा म अमेरिका आएँ, त्यो काम कहाँ पुग्यो थाहा छैन।
अहिले सम्म हामीले सुँगुर किन मान्छेको रोगहरुको अनुसन्धान गर्न काम लाग्छ भनेर बुझ्यौँ। अब, अहिले चर्चामा आएको कामको कुरा गरौँ। यो काम गर्नमा जटिल भएपनि यहाँ लेख्न साधारण नै छ। सुँगुरको kidney लगेर एउटा kidney बिग्रेको brain dead मान्छेमा हाले र ३ दिनसम्म हेर्दा राम्रो काम गर्यो।
यहाँ मान्छेमा के गरे त्यो नयाँ हैन, किनभने मान्छे बाट मान्छे मै kidney transplant को बारेमा हामीलाई थाहै छ र सँसारभरि नै त्यो सैल्यकृया गरिन्छ। यहाँ महत्वपूर्ण कुरा सुँगरको kidney लाई कसरी मान्छेमा हाल्न लायक बनाईयो भन्ने हो।
अब कुरो immune system को। हाम्रो शरीरको immunity ले आफु भन्दा बाहिरको जुनसुकै कुरा आएपनि आक्रमण गर्छ। जस्तै तँपाईले COVID vaccine लगाउँदा ज्वरो आउनु पनि त्यही कारण हो। Vaccine मा virus को सानो टुक्रा हुन्छ जसले रोग चाहीँ लगाउन सक्दैन।
तर हाम्रो शरीरले त त्यो थाहा पाएर साँच्चीकै virus आयो भनेर पुरै आक्रमण गर्छ। हाम्रो शरीरमा virus विरुद्द antibody बन्छ अनि शरीरले त्यो virus यस्तो थियो भनेर सम्झिन्छ, पनि। अनि अर्को चोटी साँच्चिकै virus आयो भने कुनै ढिलो नगरी आक्रमण गरिहाल्छ।
त्यही भएर सुँगुरको kidney पनि सिधै मान्छेमा हाल्न नमिल्ने। सुँगुरको kidney मान्छेको रगत नलीमा जोड्ने बित्तिकै मान्छेको रगतमा भएका immune cells ले, लौ यो वाहिरको के आयो भनेर आक्रमण गरिहाल्छन्। यसलाई immune rejection भनिन्छ। तर अहिलेको सुँगुरको kidney चाहीँ कसरी सम्भव भयो?
सबैभन्दा पहिला पत्ता लगाउनु पर्ने कुरा हाम्रो शरीरले वाहिरको चिज आउँदा के हेरेर पत्ता लगाउँछ भन्ने हो। धेरै प्रकारका वाहिरी चिजमा हाम्रो शरीरले धेरै कुरा हेर्न सक्छ। जस्तै COVID मा virus मा धेरै कुरा हुन्छन् तर शरीरले spike protein हेरेर पत्ता लगाउँदो रैछ।
सबै virus मा spike protein हेर्ने हुन्न। अरु कुनै virus मा अरु कुनै चिज हेर्छ। Bacteria मा अरु कुनै चिज हेर्छ। त्यसैगरी सुँगुरको केसमा alpha-gal हेर्दो रैछ भनेर पत्ता लगाए। भनेपछि सुँगुरबाट alpha-gal हटाईदियो भने त हाम्रो शरीरले थाहा नै पाउन्न यो सुँगुरको kidney हो भनेर।
२०२० मै FDA ले alpha-gal नभएको सुँगुरलाई approve गरेको थियो। यसको ब्यापारिक नाम Galsafe हो। किड्नी मात्र हैन, कुनै मान्छेहरुमा सुँगुरको मासु खाएमा allergy हुन्छ। तर यो Galsafe सुँगुर खाएमा कुनै allergy हुन्न।
खासमा कुरा त्यही हो। सुँगुरको alpha gal हटाएर त्यसको kidney मान्छेमा लगेर हाले किनभने alpha gal नभएपछि मान्छेको immune system ले त्यो kidney सुँगरको हो भनेर चिन्दैन र आक्रमण गर्दैन। खासमा गरेको त्यही हो। अर्को हप्ता अर्को लहरो लिएर आउनेछु🙏
उनको ओरिजिनल ट्विट –https://twitter.com/capsiannum/status/1451326953223454720?t=6WEdQUA6X5OftHO_wOLNvA&s=19
ट्विटर आइडी – http://@capsiannum