
नोट: स्वास्थ्यपाटीले नेपाल मेडिकल काउन्सिलको चुनावलाई लक्षित गरेर उम्मेद्बारहरुसँग “मेरो उम्मेद्बारी किन?” भन्ने शृङ्खलाबद्ध छलफल चलाउने भएको छ। कृपया,इच्छुक उम्मेद्बारहरुले आफ्नो परिचयसहितको योजना स्वास्थ्यपार्टीको आधिकारिक फेसबुक पेजमार्फत https://www.facebook.com/SwasthyaPati/
वा,Swasthyapati@gmail.com
मा पठाउनुभए आभारी हुनेछौं)!
…………
यो लेखमा हामीले नेपाल मेडिकल काउन्सिलको चुनावमा सदस्यका उम्मेद्बार प्रा.डा लक्ष्मी पाठकको योजनालाइ समेटेका छौँ !
…………
म पनि एमबीबीएस,इन्टर्न, मेडिकल अफिसर र रेजिडेन्ट हुँदै अहिलेसम्मको यात्रा पुरा गरेको हुँ।
यो सामान्य र सर्वबिदित कुरा लेखको सुरुवातमै लेखिरहनु जरुरी थिएन।
तर,
हामी अहिले बाँचिरहेको ब्य्स्त समाज,अझ हाम्रो चिकित्सा क्षेत्रमा आफूले बिताएको बिगत सम्झने फुर्सद कमैलाइ छ।
अझ भनौं, सायद ती दिनहरु सम्झिरहने फुर्सद हामीलाई हुदैन !
…..
मंसिरको पहिलो हप्ता हुन गइरहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचनको माहोल अहिले मेडिकल क्षेत्रमा दशैँ-तिहारको माहोल भन्दा बढी तातिरहेको देखिन्छ । मलाई पनि अहिले आफ्नो क्यान्डिडेसी दिउँ कि भन्ने लागिरहेको अवस्थामा साथीभाइहरु, पास भएर गइसकेका बिध्यार्थीहरुले मेसेज कल गरि हजुर उठुनुस म्याम हाम्रो पुर्ण समर्थन सहयोग छ भन्दा यसपाली चुनाब मा उठ्ने सोच बनाएर आफ्नो उम्मेद्बारी दिइसकेको छु।
मैले डा. को प्राइभेट फेसबुक ग्रुपमा कहिले रमाइलोको लागि त कहिले आफ्ना धारणाहरु लेखिरहने हुँदा मेरो नाम सम्झे पनि मलाई नचिन्ने दाजु भाइ दिदी बहिनी सर म्यामहरुलाई यस चुनाबी माहोल कै बीच आफ्नो बारेमा केही जानकारी दिँदा राम्रो नै हुनेछ भनेर आफ्नो यात्रा र सोचबारे केहि लेख्ने जमर्को गरेकि छु।
मेरो यात्रा
स्कुलमा पढाइ राम्रो थियो। बुवाले छोरीलाई डाक्टर पढाउँछु भनेर प्रोसेस आफै मिलाउनु भयो र पासपोर्ट बनाएको १ हप्ता भित्र उडेँ। १९९६ मा एमबीबीएस पढ्न बंगलादेश गएपछी मेरो यो क्षेत्रमा पाइला अघि बढ्यो। एमबीबीएस सकाएपछी नेपालमै आएर विभिन्न अस्पतालमा रोटेसन गर्दै इन्टर्नशिप गरेँ। त्यो बेला इस्टाइपेन्ट दिँदैन थिए।
बिवाह भो।
मेडिकल अधिकृतको लागि आइ ओ एम मा अन्तरबार्ता दिँए । एनेस्थेसियामा केही महिना भोलेन्टियर मेडिकल अफिसरको काम गरेपछी एघार हजार तलब पाइ यहि बिभागमै एम ओ को जिम्मेवारीमा निरन्तरता दिँए ।
एम ओ हुँदा नै आमा बन्ने सौभाग्य मिल्यो।
पिजीको प्रवेश परीक्षा दिन जाँदा पाँच-छ महिने बच्चालाई माइतिमै छोडेर भएपनी मैले आफ्नो प्रोफेसनल क्यारिएर अगाडी बढाएँ।
बि पि के आइ एच एस मा पि जि को इन्ट्रान्स एक्जाम दिए र ओपन क्याटेगोरीमा २००५ साल मा नाम निकाल्न्न सफल पनि भए। एनेस्थेसिया एन्ड कृटिकल केयर मा आइ सि यु , इमेर्जेन्सीका बिरामीहरु र धेरै कम्प्लिकेटेट अपरेसनहरु गराएर जीवन बचाउन सकिने हुदा मैले यही बिषय मा पोस्ट ग्राजुएट गरेँ। फी १६/१७ लाख थियो। बुबासँग अलिकति पैसा लिएर भर्ना भए। पढेको केही महिना पछि अरु रकमको लागि इस्पोन्सर पाए तर पढाइ पूरा गरेपछि समजदारीमा ब्याज सहित फिर्ता पनि गरेँ।
यु सि एम एस कलेजको आफ्नै एनेस्थेसिया डिपार्टमेन्टको ओ टि बिभागलाई सुधार्दै त्यस बेला लथालिङ्ग अवस्थामा रहेको आइ सि यु को कोअर्डिनेटरको जिम्मेवारी लिएर कृटिकल वार्डलाई पनि यसै डिपार्टमेन्टको छाहारी मुनि ल्याएर साधन श्रोत मिलाउदै अघि बढियो।
भेन्टिलेटर मगाइयो र बिरामीलाई बचाएर पठाउँदा आम पब्लिकमा र स्टाफमाझ पनि एउटा राम्रो सन्देश दिन सफल भइयो।
बि पि के आइ एच एस मा रेजिडेन्सि गर्दा क्लोज आइ सि यु सिस्टममा ड्युटी गरेको हुँदा यता पनि यसरी जिम्मेवारि लिइ काम गर्ने आँट आयो, हिम्मत आयो।
त्यसपछि डिपुटी मेडिकल सुपरिटेन्डेन्ट, चिफ क्लिनिकल कोअर्डिनेटर, पि जि कोअर्डिनेटर, मेडिकल सुपरिटेन्डेन्ट को जिम्मेवारी सम्हालेँ।
यो क्रममा प्रशासन, बिरामी, चिकित्सक, टेक्निकल स्टाफ, बिध्यार्थीहरु सबै सङ सम्बन्धित कमीकमजोरी बाधा अफ्ट्यारा सबैसँग जुध्यै, गल्ती सुधार्दै, मिलाउदै अघि बढ्दै गएँ।
मेडिकल काउन्सिल र युनिवर्सिटीका थुप्रै निरीक्षणहरु, संसदीय र उच्च स्तरीय गौरी बाहादुर कार्की सर र उपेन्द्र देबकोटा सर सहितको कलेज निरीक्षणको क्रममा आफू अग्रसर रहि धेरै भुमिका निभाउने, सिक्ने, सुधार्नु पर्ने मौका पनि पाएँ।
यो सबै जिम्मेवारि निभाउँदा पारिवारिक जिम्मेवारीको लागि धेरै समय दिन पनि सकिन।
बाबा लाई “प्रोग्रेसिभ सुप्रानुक्लियर प्याल्सी” भै सिरियस हुनुभएको र आमालाई पनि क्यान्सर भएको हुँदा मलाई आफ्नो प्रशासनिक पद बाट राजिनामा दिने सोच भो र दिएँ। यहिबीच मेरो बाबाको स्वर्गरोहण पनि भो।
पेन म्यानेजमेन्ट पढ्ने इच्छा २००८ देखिकै भएको तर विभिन्न जिम्मेवारिले गर्दा र संस्था प्रती आफ्नो सम्पुर्ण समय दिदा पढ्न नमिलेको हुदा २०२० मा १ बर्ष को फेलोशिप गर्न इन्डिया गएँ।
फर्केर आए पछि मलाई प्रिन्सिपलको जिम्मेवारीको लागि प्रोमोसन दिइएको हुँदा २०२१ देखी विभिन्न प्रोग्रामका पढाई लेखाइ, एक्जाम, टि यु को करिकुलम, डिसिप्लिन, विद्यार्थीका समस्या र अभिभावकका आफ्ना छोराछोरीका भबिस्यको चिन्ता, आफुले दुखले कमाएको फि र खर्चेको समय, र यस्तै यस्तै अप्ठ्याराहरु र समाधानका उपायहरुमा नै मेरो सम्पुर्ण ध्यान केन्द्रित छ।
मेरो अनुभव, मेरो इन्भोल्मेन्ट, धेरै समस्या झेल्दै, भोग्दै-सुधार्दै – सिक्दै – सिकाउँदै आएको अवस्था, मेरो नबुझी निर्णय नगर्ने बानी, परेको बेला आवाज उठाउने बानी, मैले केही गर्न सक्छु कि भन्ने आत्त्मबिश्वास रहेको हुँदा नेपाल मेडिकल काउन्सिल को आउदै गरेको चुनाबका लागि म सदस्य पदमा उठेको छु।
मैले बुझेको काउन्सिल –
१. नेपाल मेडिकल काउन्सिल नयाँ होइन । त्यसैले अहिलेका सबै (सरकारले नियुक्ति गरेका र चुनाब जितेर गएका) टिमले काम गरिरहनु नै भएको छ। यस टिममा सबै चिकित्सकहरु मात्रै हुनु भएकोले अरु संघसंस्था भन्दा यो पक्कै फरक हुन्छ।
२. काउन्सिलमा अहिले भइरहेका काम चिकित्सक हरुका प्रत्यक्ष अप्रत्यक्ष हित कै लागि हुनेछ। काउन्सिलले प्रोसेस भन्दा पनि क्वालिटी प्रोड्क्ट र क्वालिटी स्वास्थ्यसेवा दिने उदेश्यका साथ काम गर्दछ । त्यसैको आधारमा पनि अन्तर्राष्ट्रिय मुल्यांकन हुन्छ र मान्यता दिन्छ्न। बिदेशमा अध्ययन गर्ने चिकित्सकहरुको समस्या पहिचान गरि चिकित्सा शिक्षा आयोग र विश्वबिध्यालयसँग ती समस्याहरु समाधान गर्न काउन्सिलले नदीका दुई किनारा जोड्ने एउटा बलियो पुल जसरि महत्त्वपुर्ण भुमिका खेलेको हुन्छ।
३. हालको अवस्था मा CPD लागू गर्न सम्भब देखिदैन ।
४. प्रत्येक प्रदेशमा काउन्सिलको एउटा सदस्य भइदिए देशैभरी छरिएर रहेका चिकित्सक हरुको लागि सजिलो पहुँच हुन्थ्यो। हालको अवस्थामा जताततै प्रदेश मै काउन्सिलका हागाँबिँघा खोलिनु भन्दा सबै प्रदेश बाट प्रतिनिधित्व हुनेगरि निर्वाचन सिस्टम भैदिए सुनमा सुगन्ध हुन्थ्यो।
निर्वाचन प्रक्रिया मिलेसम्म अनलाइन भए चुनावी खर्च कम गर्न सकिन्थ्यो होला र त्यो समयमा देश बाहिरका साथीहरुले पनि सजिलै भाग लिन मिल्थ्यो होला । तर, सायद यो प्रोसेस अल्लि अप्ठ्यारै होला अहिले लाई।
५. हाम्रो काउन्सिलजस्तै अरु स्वास्थ्यकर्मीहरुका पनि काउन्सिल संघसंस्था हुन्छन र उहाँहरु पनि देशलाई अति आवश्यक स्वास्थ सेवा प्रदायक हुन भन्ने कुरा बुझ्न् जरुरी छ। हामीले अन्य स्वास्थ्य प्रदायकहरुको काउन्सिलसङ्ग सहकार्य गर्दै पेसागत नियम कानुन लाई परिमार्जन गर्नपर्ने हुन सक्छ।
६. राम्रो स्वास्थ्यसेवा प्रदान गर्न चिकित्सकको सङ्ख्या, कुनाकाप्चामा पहुँच, तलबभत्ता सुबिधा, मस्त निन्द्रा, थुप्रिएको छुट्टी लिएर बिना प्रेसर बस्न सक्ने माहोल आदि इत्यादि बनाउन जरुरी छ। यसको लागि नेपाल सरकार, NMA र प्राइभेट अस्पतालहरुको सहयोग लिनुपर्ने हुन्छ।
७. बिरामी र पब्लिकहरुले चिकित्सकिय लापरबाही भनेर कम्प्लेन दिने र उनीहरुले सोचेजस्तो कारवाही नभएको र क्षतिपूर्ति नपाएकोजस्तो मान्ने-सोच्ने धेरै हुन्छ्न। वहाँहरुको दुख बुझ्न् हामी चिकित्सकहरु पनि वहाँहरुकै ठाउमा आफू लाई राखेर यो कुरा बिचार गर्नुपर्ने हुन्छ। त्यसैले काउन्सिलले दुबै पक्षलाई समेट्ने एउटा संबेदनसिल र ठूलो जिम्मेवारी लिएको छ ।
८. डिउटीमा रहेका चिकित्सकलाई हातपात गर्दा सजाय दिने कानून बनिसकेता पनि त्यसलाइ कडाइका साथ लागू गर्नुपर्ने आवाज काउन्सिलले उठाउनु पर्ने देखिन्छ।
९. जनमानसमा चिकित्सक प्रतीको मान, सम्मान, प्रतिस्ठा र हराएको बिस्वासलाई उभो लगाउन काउन्सिल गम्भीर रहेको छ।
१०. यो नियम कानुन संगत कार्य गरिने थलो भएको हुँदा आ आफ्नै एजेन्डाहरु लिएर एक्लै पूरा गर्न सम्भब छैन । यहाँ जेनियुन कुरा टिममा राख्दा कहि कतै बाट पक्कै पनि रोकतोक हुने छैन भन्ने कुरामा म बिस्वस्त छु ।
पहिलेभन्दा अहिलेको काउन्सिल धेरै राम्रो भएको छ र अहिले भन्दा आगामी दिनमा अझ राम्रो हुदै जानेछ ।
ढुक्क छु म !
यस्तो काउन्सिलको सदस्यभै काम गर्न कसलाइ इच्छा नहोला र।
मलाइ पनि इच्छा जाग्यो र उम्मेद्बारी दिएको छु। सबैको साथ सहयोग चाहान्छु।
Dr. Laxmi Pathak
NMC 4165
MBBS, USTC, Bangladesh
MD, BPKIHS, Dharan