निजामती कर्मचारी अस्पतालले घटनाको वास्तविकता नबुझी “बिरामीको अभिभावकले एकतर्फी रुपमा सामाजिक संजाल मार्फत अस्पताल,उपचार र स्वास्थ्यकर्मीका सम्बन्धमा भ्रामक प्रचार गरेको भन्दै गम्भीर ध्यानाकर्षण” भएको जनाएको छ।
आज एक अपिल जारी गर्दै अस्पतालले असोज २२ गते भएको घटनालाइ लिएर बिरामी पक्षले अस्पताल परिसरमा हुल हुज्जत गरेको भन्दै नियम बिपरित भिडियो खिचेर अनर्गल प्रचार गरेको जनाएको छ।
टाउको दुखेर,हातखुट्टा झमझमाएको अनि स्वास प्रस्वासमा समस्या भएर आएको बिरामीलाई इमर्जेन्सी प्रोटोकल अनुसार वर्गीकरण गरि थप प्रक्रिया सुरु गर्दैगर्दा बिरामीको अभिभावकले उपचार अस्वीकार गर्दै जबर्जस्ती अस्पताल बाहिर लगेको जनाएको छ।
नेपाली चलचित्रका अभिनेता भनेर चिनिएका जयकिशन बस्नेतले यो घटनाबारे बिगत केही समयदेखी एकपक्षीय रुपमा सनसनी हेडलाईन राखेर भिडियो बनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय