
पछिल्लो २४ घण्टामा नेपालमा ८४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा बुधबार थप ८४९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८९१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ रहेको छ। नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।