वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियानले प्रतिष्ठानका अनुभवी एवम् वरिष्ठ प्राध्यापकमध्येका एक ‘प्रा.डा. पारस कुमार पोखरेललाई पूर्वाग्रहीपूर्ण स्पष्टीकरण काटिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

चोरबाटोबाट प्राध्यापक हुँदै सेटिङमा उपकुलपति बनेका डा ज्ञानेन्द्र गिरिको यो हर्कतका विरुद्ध चौतर्फी बिरोध सुरु भएको छ।

हेर्नुस बिज्ञप्ती

गम्भीर ध्यानाकर्षण
मिति: ११-०६-२०७८

प्रतिष्ठानका पदाधिकारीहरुको अदूरदर्शिता, अयोग्यता, व्यक्तिगत तुष्टी केन्द्रित कार्य र स्वेच्छाचारिताले प्रतिष्ठान लगभग बन्द हुने स्थितिसम्म आइपुग्दा पनि प्रतिष्ठानको समग्र हितको बारेमा सोँच्न छाडेर व्यक्तिकेन्द्रित कारवाहीमा उद्दत प्रतिष्ठानको हालको नेतृत्वले प्रतिष्ठान सम्हाल्न सक्दैन भन्ने प्रमाणित गर्दै प्रतिष्ठानका अनुभवी एवम् वरिष्ठ प्राध्यापकमध्येका एक ‘प्रा.डा. पारस कुमार पोखरेललाई पूर्वाग्रहीपूर्ण स्पष्टीकरण काटिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। ‘वी पी जयन्ती’ यो प्रतिष्ठानको अत्यन्तै महत्वपूर्ण कार्य भएतापनि विगतमा वी पीको फोटो हटाउन उद्दत व्यवस्थापनले ‘वी पी जयन्ती’ मनाउने कुनै कार्यक्रम घोषणा गरेको थिएन। प्रतिष्ठानमा रहेका हरेक शिक्षक, कर्मचारी, नर्सिङ्ग, विद्यार्थीहरुको मन मस्तिष्कमा ‘वीपी जयन्ति’ अत्यन्तै महत्वपूर्ण रहेकाले र सबैको सहभागिता हुनेगरी प्रतिष्ठानको छवी सुधार्ने अभिप्रायले ‘सरसफाई’ ‘दीर्घ-सेवा सम्मान’जस्ता सबैको मनमा सधैँको लागि रहने कार्यक्रमहरु गरी गरिएको उक्त कार्यक्रम ‘वी पी कोइराला सुद्धिकरण अभियान- संयुक्त संघर्ष समिति-२०७८’ को पहलमा भएको हो जसमा हामी सबैको सकृय सहभागिता रहेको थियो। यसले प्रतिष्ठानमा एकता मजबुत गराउँदै, प्रतिष्ठानप्रति अपनत्व बढेको र सम्मानले दीर्घसेवा गर्नेहरुमा नयाँ उर्जा थपिएको जो कोहीलाई सोद्धापनि प्रष्ट हुन्छ।

व्यापक सहभागिता देखेर र लाचार भएर लोकलाजका लागिमात्र अन्तिम घडीमा झण्डोत्तोलन गर्ने र वीपीको शालिकमा माल्यार्पण गर्ने उपकुलपतिको कर्मकाण्डी कार्यलाई सम्पूर्ण शिक्षक, कर्मचारी, नर्सिङ, विद्यार्थी लगायतले वहिष्कारसमेत गरेकोसमेत पुन: स्मरण गराउन चाहन्छौं ।

व्यवस्थापनले ‘वी पी जयन्ती’ मनाउने कार्यक्रमको नेतृत्व लिएकोमा प्रतिष्ठानको छविमा आँच आउने काम गर्‍यो भन्दै तपाईलाई कारबाही किन नगर्ने भनी स्पष्टिकरण काटिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोछ ।
बर्षौंदेखि चलिआएको परम्परालाई निरन्तरता दिन नसक्ने प्रसाशनले फ्याकल्टी तथा कमचारीहरूले स्वत: स्फूर्त रूपमा प्रविष्ठानको बार्षिक उत्सव मनाउनुलाई सहज ढङ्गले लिनु त कता हो कता अझ किन राम्रो काम गरिस् भन्दै कार्वाही गर्न तम्सिने यस्तो प्रसाशन अब प्रतिष्ठानमा एक मिनेट पनि रहनु भनेको प्रतिष्ठान बन्द हुनु सरह हो भन्ने पुन: प्रमाणित भएको छ।
एकातिर हुँदै नभएको प्राध्यापक पगरी आफैँ गुथ्ने, कार्यालय समयमै १५ गतेको अवाञ्छित घटना घटाउने तथा पदीय जिम्मेवारी वहन गर्न नसकेका विभिन्न प्रतिवेदनद्वारा प्रमाणित यस्ता प्रो(प्रोपराइटर)ले यो प्राज्ञिक मन्दिरको सम्मानित प्रो (प्रोफेसर) तथा वहालवाला विभागीय प्रमुखलाई स्पष्टिकरण काटिनु कदाचित् सह्य हुनसक्दैन। यो हामी सबैमाथि गरिएको प्रहारका रुपमा लिएका छौँ। सरकारले समयमा कारवाही नगरेर यस्ता कार्यलाई एवम् कार्य गर्नेलाई थप उद्दण्ड हुन प्रोत्साहन गर्नु थप दुखद एवम् लज्जास्पद छ । स्मरण रहोस् वी पी कोइरालाका नाममा राजनीति गर्ने व्यक्ति अहिले प्रधानमन्त्री हुनुहुन्छ।

यसरी सही कामलाई सजायँ र गलत कामलाई सम्मान दिने यो प्रवृत्तिलाई आज हामीले स्वीकार गर्‍यौं भने भोलि प्राज्ञिक सर्वोच्चताको मानक यो संस्था उपकुलपतिका नाममा यस्तै उद्दण्डताको अड्डा बन्ने अवश्यम्भावी छ । असल मान्छेहरू बस्ने कुनै आधार रहने छैन। त्यसैले यो घटनाको घोर भर्त्सना गर्दै यसको प्रतिकार गर्नुको विकल्प हामीसँग अब छैन। उहाँले बोलाएको कुनैपनि बैठक वहिष्कार गर्नुहुन सम्पुर्ण प्राध्यापक ज्युहरु, विभागीय प्रमुख ज्युहरु लगायत सम्पूर्ण फ्याकल्टी, कर्मचारी, नर्सिङ, विद्यार्थी लगायतलाई हामी हार्दिक आव्हान पनि गर्न चाहन्छौं। साथै, १७-०५-२०७८ मा च. न. १९४को मन्त्रालयबाट प्रेषित पत्र अनुसार नियमित एवम् दैनिक कार्यहरु र तलबभत्ताका काममा मात्र केन्द्रित रहन र व्यक्तिगत तुषवमन गर्ने कुत्सित मनसायको उक्त स्पष्टिकरण तत्काल फिर्ता लिन सूचित गरिन्छ अन्यथा यसबाट हुनजाने असरको जिम्मेवार उपकुलपति स्वयम् र उनलाई साथ दिने हुनेछन्। तसर्थ, भोलि मिति १२-०६-२०७८, मङ्गलबार, बिहान ८:३० बजे सिनेट हलअगाडि उपस्थित हुन सबैलाई अनुरोध छ ।

जय BPKIHS

वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान, संयुक्त संघर्ष समिति-२०७८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय