मेरो देश डुब्न लाग्यो किनारा लगाईदेउ,
माझी छौ कि कोहि,आई किनारा लगाईदेउ
हेर्दाहेर्दै डुब्नै लाग्यो,अब त कोहि बचाईदेउ
नारीको अस्मिता लुटियो यहाँ , छोरी बचाईदेउ !

मर्दैछन् कति निर्मला,श्रेया सुनार यौनी च्यातिएर
रगत बग्दछ भलभल, मारिन्छ खप्पर फुटाएर ।
लौरो घुसाउछन् कठै, गुप्ताङ्ग छेदन हुनेगरि
देखाउँछन पुरुषत्व, जाईलाग्छन पापी दानबसरि !

अछुत छैनन् यहाँ नौ महिने बालिका, वृद्धआमा
बिग्दैछन् प्रलोभनमा प्रशासन, न्यायलय र मामा ।
को देला न्याय ? के मिल्ला खै ? पुकार को सुन्दछ?
सरकारको अंङ्ग भक्षक बनि मित्थ्या तानाबाना बुन्दछ !

भाषण गर्छन मन्त्रीगण सुशासन, सुरक्षा जिउँ धनको
हत्या हिंसा बलात्कार बढ्यो,बिगबिगी भो डनको ।
कस्ले सुन्ने .? कस्ले बुझ्ने ..? चित्कार यो मनको
पढ्न पठाउँ छोरीचेली कसरी म, बाटो छ बनको !

ए, सरकार ??
पढ्न पठाउँ छोरीचेली कसरी म, बाटो छ बनको !

मेरो देश डुब्न लाग्यो किनारा लगाईदेउ
माझी छौ कि कोहि,आई पार लगाईदेउ!
हेर्दा हेर्दै डुब्नै लाग्यो,अब त कोहि बचाईदेउ
नारी अस्मिता लुटियो हेर,छोरी बचाईदेउ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय