“नेपाल हेल्थ कप्स” ले नवलपुरको दुई भिन्न भेगमा दुइदिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सीजी फाउन्डेसन र नबिल बैंकको संयुक्त सहयोगमा भएको कार्यक्रममा दुई सयबढीले सेवा लिएका थिए।
“मातृ शिशु स्वास्थ्य” नाम दिइएको उक्त कार्यक्रममा हुप्सेकोट गाउँपालिका-नवलपुरमा असोज चार गते र कावाशोती-१३ गैरीमा पाँच गते शिविरको आयोजना गरिएको हो।
सीमान्तकृत बोटे समुदायको बाहुल्य रहेको गैरीमा १५० जनाले सेवा लिएका थिए।
“यहाँ जचाउन आएका महिलाहरुमा मुख्यत महिनावारी गडबढ हुने अनि योनीबाट सेतो पानी बग्ने लगायतका समस्या पाइयो। अल्ट्रासाउन्ड गरिएका मध्य सात जनामा तत्काल थप उपचारको जरुरी भएकाले रिफर गरियो”।
जचाँउन आएकामध्य आधाजसोले जिन्दगीमा पहिलोपटक डाक्टरको जचाँउन आएको शिविरमा पुगेका स्त्रीरोग विशेषज्ञ डाक्टर वसन्त शर्माले बताए।

नेपालका दुर्गम भेगमा मातृ स्वास्थ्यको अवस्था चिन्ताजनक रहेको हुँदा कार्यक्रम यसैमा केन्द्रित गरिएको आयोजक “नेपाल हेल्थ कप्स” का संस्थापक डा प्रदिश पौडेलले बताए। आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेपनी उनले बताए।
यसैगरी , “नेपाल हेल्थ कप्स” ले गैरी कावासोतीका विद्यालयका किशोरीहरुलाइ महिनावारीबारे जानकारी दिँदै कपडाबाट प्याड बनाउने तरिकापनि सिकाएको डाक्टर आयुस्मा खड्काले बताइन् ।
सीमान्तकृत एवं अत्यावश्यक महिलाहरुमा स्वास्थ्य दिन आएकोमा आफुहरुलाई अत्यन्तै खुशी लागेको नवलपुरका डिबि चौधरीले बताए।
शिविरमा डाक्टर सन्तोष आचार्य,डा प्रभाकर दाहाल लगायत ११ जना डाक्टरको उपस्थिति थियो।
आगामी दिनमा पनि यस्ता स्वयंसेवाका कार्यलाइ निरन्तरता दिने डाक्टरहरुले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय