पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा बिहीबार थप ९ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८८ हजार ७६९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ६२४ परीक्षणबाट २९८ जनामा पोजिटिभ देखिएको छ। २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार २४३ परीक्षणमा १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ७ लाख ५६ हजार ९५४ रहेको छ। नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय