पछिल्लो २४ घण्टामा देशभर एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३३२ र चार हजार ३२० जनाको एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार २२० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय