
सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।