धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियानका अभियान्ता डाक्टर लगायत स्वास्थ्यकर्मीले खुल्ला मैदानबाटै स्वास्थ्य सेवा दिन थालेका छन् ।

जनस्वास्थजस्तो संवेदनशील विषयप्रति आफूहरू पनि संवेदनशील रहेको बताउँदै आन्दोलनरत पक्षले सेवा प्रवाहमा कुनै कमि हुन नदिन यो कदम चालेको डा पदम नेपालीले बताए।

यसरी सरकारले एक बिज्ञप्ति जारी गर्दै प्रतिष्ठानका समस्या पहिचान तथा छानबिन गरी उच्चस्तरीय कार्यदलले सरकारसमक्ष प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रतिष्ठान शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भइसकेको सन्दर्भमा कोभिड महामारीको अहिलेको अवस्थामा स्वास्थ्यजस्तो संवेदनशील र अत्यावश्यक सेवा सञ्चालन गतिरोध सृजना नगर्न सरकारले अनुरोध गरेको थियो।
तर,
आफुले गरेको सहमती कार्यनयमा कुनै तदारुकता नदेखाएको सरकारले आन्दोलनरत पक्षले कयौंपटक अल्टिमेटम दिएर अन्तिम विकल्पका रूपमा सेवा नदिने बताएपछी औपचारिकताकालागी बिज्ञप्ति जारी गरेको भन्दै तीब्र बिरोध भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय