पूरा भयो ओलीको सपना
देशैभर चल्यो पानी जहाज
गाउँका बस्ती बस्तिहरुमा
ट्युबमा केराका सुप्ला जडित

कुना कुनामा खियाउँदै म
विशाल समुद्रको बीचमा
माछा मार्न हिँडेको बोटे
बाख्रो बोकि माता लक्ष्मी डोराउँदै

बिचरा एक साहासी दाई
देखेँ दया जाग्यो जहाज
घुमाएर रोके अगाडि गएर
ताने कठालोमा ती अबोध पशुको

राखे सिटमा धन्य छ भने
मृत्युसँग जुधेका मनले बोले
हर्ष बिभोर भई काल टरी गयो
पुर्याए गन्तव्य सम्म चौपाया

फर्किए खाली गराई टाईटाईनिक
लागे फेरि छन कि कोहि अरु पनि भनी
हेरे चारै तिर देखे माछा सरी पौडिएका
कोहि रुँदै कराउँदै कोहि घाटीघाँटी पानीमा

टप टप टिपे फुल सरि
एकै छिनमा भरियो मेरो टाईटाईनिक .
सुरक्षित गन्तब्य स्थानमा छाड्नलाई
हुईकिएर तिब्र गतिमा खेप हाले कति

भनी साध्य छैन यहाँ कति
उद्धार गरे जोगाए कतिको ज्यान
ओलि ब्रान्डको जहाज नहुँदो हो त
कैयौं मानिसको मृत्यु बरण गर्थे अन्यायसै

कोहि भोकले त कोहि शोकले
निश्चतै थियो
धन्य छ ओली ज्यु तपाँईको
दुर दृष्टिबाट आयतित जहाज काम लाग्यो

म पाईलट बनेको दिन
अनि त्यो अविरल बर्षा सँगै
प्राणको आशा मारी सकेका कतिको ज्यान बाच्यो
आतुर छु बयान गर्न ओलि ब्रान्ड जहाजको

आशा छ एक दिन अवस्य घाम लाग्ने छ
चिन्ता लागिरहेछ समुद्र सुकेर कतै
जहाज नाम्लो लगाई पिठ्युँमा बोकि कता लैजाउँ ?
बालकोट?
धुमबराहि ?
या,
मेरो डेरामा भनेर!!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय