पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ६१९ र तीन हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय