
रातभरी सोधेँ आफ्नै मनलाई
गौतम बुद्ध झैँ बनेर ,
धर्तिका मान्छे सुखी र दुखी
कति छन् भनेर !
धनीको नजिक पुगेर सोधेँ
तपाइँलाई कस्तो छ ……..??
सम्पत्ति जोडेँ सात पुस्ता पुग्ने,
तर,
छोरोले एक्लै सक्ला कि जस्तो छ !
के खान्छौ भनी प्रश्न गरेँ ..??
जवाफ आयो- घ्यु र खिर,
बिग्रियो छोरो मार्छ कि राती
लाग्दछअरे पिर !
म फेरि पुगेँ गरिबको घरमा
देखेँ बाल-बच्चा रोएको,
तीन दिनका भोका बिचल्ली कठै
मुख आँशुले धोएको !
धनीलाई सोधेँ, गरिबलाई सोधेँ
सोधेँ मध्यमबर्ग लाई,
निन्याउरो मुहार बनाउँदै भने
शत्रुले देख्यो हई !
कुन दुष्ट होला, दुखित बनेँ
परेछ शत्रु रोग,
ओखती गरेँ, सम्पत्ति सकेँ
बाँकी छ अब शोक !
एकपटक फेरि आफैँलाई सोधेँ
मेरो सानै छ कमाई,
आम्दानी भन्दा खर्च छ धेरै
तर, हिड्याछु रमाई !
जो,
लोभ,मोह,क्रोध घमण्डी बन्छ
त्यो मान्छे दुखी हो,
मनमा शान्ति आनन्द जो लिन्छ
त्यो मानिस सुखी हो !
गरिब’नि रुने, धनी पनि रुने
कोहि सुखी देखिन,
मेरो यो मनले यहि कुरा देख्यो
आज यो भन्दा लेखिन !
आज यो भन्दा लेखिन!!