
नेपाल चिकित्सक संघले राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिनोद सिंहमाथी गरिएको “अत्यन्तै अस्वभनिय एवं अमानवीय ब्यवहार” प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
हिजो ११ गते अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर सिंहमाथी एमाले समर्थित केही युवाले अपमानजनक वब्यवहारगर्दै कालोमोसो दलेका थिए।
कोभिडको यो महामारीमा आफ्नो ज्यान बाजि लगाएर कर्म गरिरहेका अग्रपंक्तिमा योद्धाप्रती गरिएको यस्तो ब्यवहारले मनोबल घटाउने काम गरेको पनि नेपाल मेडिकल संघले बिज्ञप्ति मार्फत जनाएको छ।
साथै, संघले यश घटनाको सत्यतथ्य छानबिन गरेर प्रचलित कानुन अनुसार घटनामा संग्लग्नलाइ कारवाहीको दायरामा ल्याउन नेपाल सरकार सँगै सुरक्षा निकायसँग जोडदार माग गरेको छ।
स्वास्थ्यकर्मी माथी समयसमयमा भइरहने यस्ता घटना अनि केही दिनको चर्को हल्लाबीच आफैं सेलाउने यस्ता क्रमको “क्रमभंगता” कहिले होला?