
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।
सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस भन्ने लागेर राजीनामा दिएको उनको तर्क छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ४ साउनमा डा. रेग्मीलाई रजिष्टार पदमा नियुक्त गर्ने निर्णय गरेका थिए। मन्त्रालयले उनलाई पाँच वर्षसम्मका लागि रजिष्टारमा नियुक्त गरेको थियो।
यसैबीच विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शुद्धिकरण अभियानका लागि संघर्ष गरिरहेको संयुक्त समितिले सरकारले सहमति पालनामा ढिलाई गरेको भन्दै सात दिनभित्र सम्झौता कार्यान्वयन नगरे पुनः आन्दोलनको चेतावनी दिएको छ।
सरकार र आन्दोलनकारीबीच भएको ६ बुँदे सहमति भएको २४ दिन बितिसक्दा पनि सम्झौता कार्यान्वयन भएको छैन।
सात दिनभित्र सहमति कार्यान्वयन नगरे आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सबै गतिविधि ठप्प पार्ने चेतावनी आन्दोलनकारीले दिएका छन्।