पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बुधबार १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ७११ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ७८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। 

यसको संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय