काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ९०९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार २० र चार हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर दुई हजार ८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ एक जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय