
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहमति कार्यान्वय नभएको भन्दै वृहत प्रदर्शन एवं प्रभातफेरी भएको छ।
हप्तादिन भित्र सहमति कार्यान्वय गरी माग पुरा गर्ने गरी सरकार र आन्दोलनरत पक्षको सहमति भएपनि माग पुरा नभएको भन्दै प्रदर्शन गरिएको हो।
प्रतिष्ठानका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै प्रतिष्ठान शुद्धीकरणको अभियानका लिएर त्यहाका चिकित्सक तथा कर्मचारीहरु असार १ गतेदेखि आन्दोलनमा छन्।
चरणबद्ध चलेको आन्दोलनपछि अन्ततः उपकुलपती लगायतका पदाधिकारीहरुबारे छानबिन गरेर आवस्यक कारवाही गर्ने सहमति बनेसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका थिए।
प्रतिष्ठानमा जग्गा, भवन निर्माण, अक्सिजन प्लान्ट हरेक क्षेत्रमा अनियमितता भएको भन्दै कारबाहीका लागि हप्तौंसम्म धरान लगायत काठमाडौंमा प्रदर्शन भएको थियो।
सहमति गर्ने तर कार्यनयन नगर्ने जिम्मेवार सरोकारवाला निकायको रबैयाले थप दुखित बनाएको प्रतिष्ठाका कर्मचारी-विद्यार्थीले बताए।
अबको हप्तादिन भित्र आफूहरुसँग भएको सहमति कार्यनयन नभए सशक्त आन्दोलन गर्ने पनि उनीहरुले बताए ।