विश्व स्वास्थ्य संगठनले भारतमा उत्पादित “कोभिसिल्ड” खोपको नक्कली स्वरुप बिक्रीवितरण भएको पाइएको बताएको छ।
बितेको केही हप्तामा भारत र दक्षिण अफ्रिकामा यसरी अनाधिकृत रुपमा बिक्रीवितरण भइरहेको र खोप नियन्त्रण लिइएको विश्व स्वास्थ्य संगठनले बताएको हो।
“सेरम ईन्डिया” ले पनि नक्कली खोप बिक्रीवितरण भइरहेको कुरालाइ स्वीकार गरेको जनाउँदै विश्व स्वास्थ्य संगठनले यस्ता गैरकानुनी कार्यले जनस्वास्थ्यमा गम्भीर खेलवाड गर्नसक्नेतर्फ सचेत गराएको छ।
भारतीय स्वास्थ्य अधिकारीलाई उधृत गर्दै बिबिसीका लागि उसका पत्रकार जोया माटिनले लेखेको छन्-” हामीसँग यस्ता गैरकानुनी कार्यलाई रोक्ने बाटोहरु छन् । तर, यस्तो कार्य भइरहेको जानकारीमा आएपछि सत्यतथ्य बुझेर आफ्ना नागरिक यस्तो नक्कली भ्याक्सिनबाट जोगिउन् भन्नेमा हाम्रो पहल हुन्छ”।
खोप भनेर पानी दिइएको बारे भारतीय राज्य महारास्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपेले चिन्ता ब्यक्त गर्दै सम्भावित पीडितमा एन्टिबडि परिक्षण गरेर खोपको सट्टामा पानी हालिएको पाइए फेरि दुबै डोजको भ्याक्सिन दिने तयारी भएको बताएको भारतीय पत्रीका “बिजिनेस इन्साइडर” ले लेखेको छ।
भारतमा उत्पादित “कोभिसिल्ड” मार्फत भारतीय प्रधानमन्त्रीले छिमेकी देशहरूसँग “भ्याक्सिन डिप्लोमेसी” भन्दै अनुदानमा भ्याक्सिन दिएका थिए।
तर, पछि भारत स्वयं सबैभन्दा बढी प्रभावित भएपछी आफ्नै नागरिकको स्वास्थ्य प्राथमिकता भन्दै उसले अन्य देशमा खोप निर्यातमा तत्काललाइ प्रतिबन्ध लगाएको छ।
अनुदानमा “कोभिसिल्ड” पाउने रास्ट्रमध्य नेपाल पनि एक हो।
आशा छ,
हामीले लगाएको खोपचाहिँ सक्कली नै पर्यो होला!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय