
पुर्वनिर्धारित सत्याग्रह बस्नु दुई दिनपहिले डाक्टर गोबिन्द केसीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति गरेका छन् ।
आज प्रधानमन्त्री कार्यलयमा भएको छलफल पाँच बुँदे सहमति गरेसँगै सत्याग्रहको कार्यक्रम पछि धकेलिएको छ।
सहमतिका ५ बुँदा
१. सार्वजनिक पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने । स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।
२. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा बैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने ।
३. पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरुको प्रतिवेदनलाई कानुनी रुप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने।
४. प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्याउनका लागि निर्माण कार्यलाई तिव्रता दिने।
५. चिकित्सा शिक्षा क्षेत्रमा संशोधनलगायत बाँकी मागहरु तथा यसअगाडि नेपाल सरकारले हामीसँग गरेका सम्झौता कार्यन्वयन गर्ने ।