प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजेबाट सुरु भएको बार्तामा डाक्टर केसीले राखेका मागहरूका बारे छलफल भइरहेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ । 

स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामालगायतका माग राखेर अनशन बस्ने घोषणा गरेका डा. केसीलाई प्रधानमन्त्री देउवाले वार्ता गर्न बालुवाटार बोलाएका हुन्।

डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए। साउन १२ गते प्रधानमन्त्री देउवालाई खुल्ला “खबरदारी पत्र” लेख्दै डाक्टर केसीले आफ्ना मागहरु पूरा नभए सत्याग्रह गर्ने बताएका थिए।
खबरदारी पत्र सार्वजनिक भएको तीन हप्ता बढीसम्म कुनै प्रतिक्रिया नदिएका देउवाले सत्याग्रह थाल्नु दुई दिन अघि बार्तामा बोलाएका हुन् । यो बार्ता माग पूरा गर्नलाइ भन्दापनी सत्याग्रह पर धकेल्न गरिएको आशंका व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीले बोलाएपछि डा. केसी आफ्ना सहयोगीसहित वालुवाटार गएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय