
चाहिँदैन मलाई तिम्रो गिलास भरी कोक र पेप्सी
म मेरै खहरेको कल कल चिसो पानी पिउँछु !
चाहिदैन मलाई तिम्रो म:म र चाउमिनको स्वाद
म मेरै पौरखले आर्जेको खोले,साग खाई जिउँछु !
चाहिँदैन मलाई तिम्रो डिस्को डान्स अनि दोहोरी साँझ
म मेरै लोकभाकामा डम्फू,खैजडी मुर्चुङ्गामा रमाउँछु!
चाहिँदैन तिम्रो तार छिनेको गितार सँगै ड्रमसेटको ताल
म मेरै गाउँका दाईले खरी लगाएको मादल समाउँछु !
चाहिँदैन मलाई तिम्रो अस्लिल शब्दले बनेको नग्न सिनेमा
म मेरै बेद, पुरणका श्लोक बाच्दै देबगणको महिमा गाउँछु !
चाहिँदैन मलाई तिम्रो ट्याटु, आधुनिक च्यातिएको फेसन
म मेरै आमाले बुनेको खद्दर बेरि,यहि धर्तीको चंन्दन लगाउँछु !
यहि धर्तीको चंन्दन लगाउँछु!