पछिल्लो २४ घण्टामा ३ हजार ९१५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ७९८ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ११८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय