संयुक्त विद्यार्थी संगठनले मेडिकल र पारामेडिकल अध्ययन गर्नेका लागि तत्काल पुन: प्रवेश परीक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
काठमाडौंमा बिहीबार बसेको बैठकले चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षाबाट सिट संख्याभन्दा कम उत्तिर्ण हुँदा मुलुकभित्रै अध्ययन गर्नबाट बञ्‍चित हुने र विदेशिनु पर्दा नेपाली मुद्रा बाहिरिने भएकोले तत्काल पुन: प्रवेश परीक्षा मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई मुलुकभित्रै अध्ययनको वातावरण बनाउन माग गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जानकारी दिए।

यस्तै विद्यार्थीको माग पूरा गर्नुको साटो ज्यादती गरेको भन्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई अविलम्ब बर्खास्त गर्न समेत माग गरेका छन्।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीका जायज माग पूरा गर्नुको साटो ज्यादतीमा उत्रने उपकुलपतिलाई पदमा बस्ने अधिकार नरहेको हुँदा अविलम्ब उपकुलपतिको बर्खास्त गर्न सरकरसँग जोडदार माग गर्दछौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय