काठमाडौं : सरकारले यही मंगलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। चीनबाट खोप प्राप्त भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरेको हो। खोप अभियान २९ जेठसम्म चल्नेछ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा भने ६० देखि ६४ वर्ष उमेर समुहको लक्षित समूहलाई खोप दिन सुरु गरेको छ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडाको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ। खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथमा लैजानुपर्नेछ। सरकारी कागजात नभएकाको हकमा भने वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर जानुपर्नेछ। पहिलो भेरोसेल खोप लगाएकाहरुका लागि यो यो खोप लगाइने छैन। यसअघि सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लामा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको छ। अब ५५ वर्षमाथि उमेर समुहमा खोप दिइसकेका हिमाली जिल्लाहरुले सोही उमेर समुहमा पहिलो मात्रा कोभिडविरुद्धको खोप लगाउन छुट व्यक्तिले पनि खोप लगाउन पाउनेछन्।तिब्बतसँग सिमाना जोडिएका जिल्लाका पालिकाहरुमा यसअघि खोप लगाउन बाँकी १८ वर्ष माथिका सबै नागरिकहरुलाई पहिलो मात्रा खोप दिने बताइएको छ।