कोभिड सकिसक्यो जस्तो लागेको होला है तपाइँलाई? यथार्थ अझै चिन्ताजनक नै छ ।करिब ४०००० मानिसहरुको ज्यान सक्ने अनुमान गरिएको कोरोना संक्रमणको दोस्रो लहर दिनहुँ  करिब २०० मानिसको मृत्यु र ५००० दिनहु संक्रमणका दरले बढिरहोको संचार माध्यमबाट सुन्दै आएका छौ।

अहिले सम्म कोभिडका कारण ६००० मानिस मरिसके र ३६००० नागरिकको ज्यान बचाउने जिम्मा हामी माझ छ।अझ दोस्रो कोरोना संक्रमणको यस प्राणघातक लहरसंगै विभिन्न देशमा विकसित यस भाइरसका नया म्युटेन्ट स्ट्रेन संगै तेस्रो लहर आउन सक्ने आकलन बैज्ञानिकले बताएका छन। कोरोना संक्रमणको उपाचार संगै धेरैमा देखिएको “ब्लाक फंगस”ले यसको जटिलता भयावह हुने देखिएको छ। समाधान भन्दा अझ थप समस्या हाम्रामाथी   आइपरिरहेको स्थिती छ।

              लेखक – डा आबिस्कार चाँपागाँइ 

महामारीमा जनता रोग  भोक र शोकले प्रताडित छन।हरेक धर परिवार/आफन्त को वियोगमा शोकाकुल छ।हामीमाझ आफ्नो कुन सास अन्तिम हुने हो भन्ने त्रास छ डर छ।यति वेला कति विरामी नागरिक समयमा एम्बुलेंस नपाएर,अस्पताल नपाएर,बेड नपाएर ,औषधि उपकरण नपाएर,अक्सिजन नपाएर भेन्टिलेटर नपाएर लास भए।यस्तो अवस्थामा  निजी अस्पतालले विरामीको ढाड सेक्ने गरी उपाचार शुल्क लिए।कैयौ अस्पतालले सुचना टांसेर विरामी आफैले अक्सिजनको जोहो गर्नुपर्ने विरामी सामु वाध्यात्मक स्थिती सिजर्ना गर्यो।त्यससंगै सुरु भएको कालोबजारी र कृत्रिम अभावले कैयो नागरिकले मृत्युवरण गर्न वाध्य भए।

यस्तो कठिन स्थितीमा सरकार जनताको अभिभावक बनेर जनताको विचमा जनताको साथमा उभिनुपर्ने हो।तिनै तहको सरकारले एकअर्कोको सहयोगमा कोरोना रोकथाम र उपचारमा सहकार्य गर्नुपर्नेमा सरकारकै उल्टै कोरोना फैलाउन प्रमुख जिम्मेवार बनेको छ। स्वास्थ्यसामग्री खरिदमा भष्ट्रचार, खोप आयातमा ढिलासुस्ती र कमिशनमा सरकार लिप्त भएको सासंदको लेखासमिती र स्वास्थ्य मन्त्री स्वयंमले स्वीकारेको देखियो।जनस्वास्थ प्राथमिकता नपरेको कार्यन्वयन पक्ष अत्यन्तै  फितलो हुँदा  राज्यले कोरोना संक्रमण  नियन्त्रणमा जारी गरेका निती निर्देशन एकपछि अर्को गर्दै असफल भएका छन।स्वास्थ्य सेवा वितरण प्रणालीको तल्लो तहले नै आजसम्म यत्ति धानेको छ नभए पब्लिक हेल्थ सिस्टमको अवस्था पुर्ण असफल हुने देखिन्छ।

राज्यले कोरोना संक्रमण नियन्त्रण गर्न जिम्मेवार नहुने भने भोलीका दिनमा यसै दोस्रो लहर संगसंगै आउने विभिन्न रोगहरु,विभिन्न भेरियन्ट संगै आउने अन्य लहरहरुमा अहिले अस्पतालले विरामी आफैले अक्सिजन औषधि जोहो गर्नु भन्ने सुचना जस्तै स्वास्थ्यकर्मी पनि आफै जोहो गर्नु भन्ने सुचना निकाल्ने स्थिती आउछ।यो भन्दा अझ संक्रमाक र खतरानाक तेस्रो लहर हामीले यत्तिकै अवस्थामा धान्न सक्छौ?अहिलेकै अवस्थामा म्युकरमाइकोसिस नामक ब्यालक फंगस हामीकहा देखिइसकेको छ।यसको उपचारमा चाहिने ओषधि उपचार विधि अत्यन्तै महंगो भएकाले राज्यले यस विषयमा के तयारी गरेको छ ?

चौतर्फी अभाव र जीवन सुरक्षाको संकटमा आज स्वास्थ्यकर्मीहरु उपाचारमा संलग्न छन।केही दिन यता स्वास्थ्यकर्मीहरुको मृत्यु भएको समाचार हामीले सुनिरहेका छौ।उपचारका निम्ती संक्रमितको संक्रमणबाट pPE खोज्दै गर्दा चिकित्सकको मृत्यु भयो।अस्पताल भित्र उपाचार स्थलमा विरामीका आफन्तको भिडले चिकित्सकलाइ कुट्दा उनले विना गल्ती मर्नुपर्यो।कतिपय स्थानमा प्रहरीले अस्पताल हाताभित्र स्वास्थ्य कर्मी कुटेको छ।हिजो मात्र गौरबाट एक चिकित्सकलाइ अपहरण शैलीमा प्रहरीले बलजफ्ति गर्यो।यस्तो अशान्त भयभीत र असुरक्षित वातावरणमा स्वास्थ्यकर्मीले कामगर्ने परेको छ।

यस्तो दुखत धरातलीय यथार्थ आफ्नै अगाडी देख्दादेख्दै,समाज-संजाल-मिडिया सबै महामारीले सिर्जना गरेको अवस्थाबारे चिन्तित भैरहँदा सबैभन्दा जिम्मेवार कार्यकारी प्रमुखचाहिँ अम्बाको पात अनि बेसार पानी खाए सब ठिक हुने ठोकुवा गर्दै बसेका छन् । मान्छे यतिबिघ्न निर्लज्ज अनि गैरजिम्मेवार कसरी हुन सक्छ ,तपाइँ सोच्नसम्म नि सक्नुहुन्छ ?

यो महामारी सुरु भएसंगै सत्ताधारी पार्टीको आन्तरिक कलह सुरु भयो । यस्तो लाग्छ कि, उनिहरु साइत कुरेर बसिरहेका थिए। 

एकचोटि सम्झने प्रयास गर्नु त- यो महामारी सुरुसंगै एकदिन,एउटा बैठकले कहिल्यै कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्यो?

कहिल्यै?

सम्झने कोसिसै नगर्नु किनकी उत्तर प्रष्ट छ- अहँ,गरेन। गर्दैगरेन।

अब सोच्नु मात्र,

राज्य चलाउने कार्यकारी अनि अरु सम्बन्धित सरोकारवाला जस्तै फ्रन्टलाइनरपनी गैरजिम्मेवार भएको भए के हुन्थो होला? घन्टौंसम्म यो गर्मीमा केही नखाइ पिपिइ लगाएर अहोरात्र सेवा गर्दापनी दुव्र्यवहार अनि धम्की उपहार पाँउदापनी चुपचाप निरन्तर बिनाकुनै गुनासो आफ्नो धर्म निभाइरहेका स्वास्थकर्मी नभईदिएको भए?

यस्तो अवस्था तपाइँहरुले कल्पनै गर्न पर्दैन किनकी स्वास्थकर्मीहरु कहिल्यै गैरजिम्मेवार हुदैनन् !

इतिहास साक्षी छ ।

चारबर्षसम्म लोकेसेवा नखोलिकन करारमा बिबाकुनै सुरक्षा केही महिनाको ज्यालादारीमा बाेलाउँदापनी चुपचाप आउने स्वास्थकर्मीको दुख राज्यले कहिल्यै बुझ्ला?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय