नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले स्वयंसेवक टोली लिएर सर्लाही पुगेका छन् । आफ्नो गृहजिल्ला गोरखाका विभिन्न भेगमा गएर कोभिड एन्टिजेन टेस्ट, औसधि उपचार गरेर फर्किएका उनले नेतृत्व गरेको टोलि अहिले तराइ झरेको हो।

चिकित्सक, ल्याब प्राविधिक र अन्य स्वास्थ्यकर्मीसहित श्रेष्ठको निजी सचिवालय अन्तर्गतको कोभिड–१९ स्वयंसेवकको टोलीले सर्लाहीको बागमती नगरपालिकाको कर्मैया स्वास्थ्यचौकीमा एन्टिजिन विधिमार्फत कोभिड परीक्षण गरेको थियो । परीक्षण गरिएका ५८ जनामध्ये १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको र ती बिरामीहरूलाई तत्काल उपचार र परामर्श सेवा प्रदान गरिएको टोलीमा रहेका चितवन मेडिकल केलेजका डाक्टर सुदिप पौडेलले बताए। कार्यक्रम अझै चल्नेपनी उनले बताए!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय