![]() |
डाक्टर सेढाई |
चितवन मेडिकल कलेजको एउटा तेस्रो तल्ला को डायलेसिस यूनिट, जहाँ हरेक शरीरको सबै रगत एउटा मेशिनमा हालेर फेरि अर्को टुडो बाट आफ्नो शरीरमा हालिरहेका हुन्छन् । सबै बिरामीको जीवनदान दिने, सबैको भरोसा, आशा एउटा नाम सँग जोडिएको हुन्छ डा सेढाईं ।
डा सेढाईं अर्थात् साइकलमा रमाउने चिकित्सक डा अरुण सेढाईं, उहाँको सरल, सहज अनि मिठो भाषा शैलीका कारण उहाँलाई भेट्न बिरामी कुरिरहेका हुन्छन् ।
लमजुङ जिल्लाको काखमा जन्मिएका उनी यतिबेला नेपालभरिकै धेरै बिरामी को आशा र भरोसा हुन ।
खानामा भेज रुचाउने, प्रकृतिप्रेमी उनी साइकल मोह छ ।
साधारण जीवन शैली, प्रकृतिको अनुकम्पा मा सधैं रमाइरहने ।। काम र बिरामीको चटारो सकिन साथ, साइकल बोकेर हेलमेट लगाएर, एउटा कालो ब्याग अनि हातमा क्यामेरा लिएर हिडी हाल्नु हुन्छ ।
करिब ३ वर्ष पहिले पैलो पल्ट चितवन मेडिकल कलेजको विश्व मिर्गौला दिवस को दिन साइकल र्याली भएको दिन डा सेढाई अग्रपंक्ति र नेतृत्व लिएर कार्यक्रम सम्पन्न हुँदा म पनि साइकल यात्रामा थिए ।
उहाँका आवाजहरू, लेखिने कला कौशल सबै सायद शितल हरिया हुन्छन् जो कोही पनि छहारी दिने सक्ने ओत लगाएर बस्ने खोजें उहाँ सिकाउनु हुन्छ, माया गर्नु हुन्छ ।
उहाँले प्रकृतिका नजिक रही सधैंलाई ताजा हुने गरी मनोरम पोट्रेट फोटो खिच्नु भएको संकलन हामी बेला बेला टुइटर र फेसबुक का भित्ता मा देख्न पाउँछौ ।
जन्म नै सुन्दर नगरी लमजुङ मा भएको भएर नी होला खोला,पहाड, हरिया जंगल, पात पतिंगर, वर्षा पानी माटो सँग रमाइरहन मनलाग्छ डा सेढाईंले । डा सेढाई को चितवन मेडिकल कलेजको कार्यकक्ष हेर्ने हो भने पनि भित्र फूलहरू, डेस्कमा इन्डोर प्लाण्ट, गमलामा फूलहरू सधैं हुन्छन्, उहाँको लगाव चिकित्सा क्षेत्रमा पनि प्रकृति जस्तै अनुकम्पा नै छ, जति दिए पनि नसिद्धिने न रित्तिने सदाबहार बगिरहने मूलको पानी जस्तै ।
उहाँको अर्को विशेषता भनेको बोली, नम्र बोल्ने, बिरामी को कुरा सुनिदने अनि प्रष्ट सँग चित्रकारण गरेर नै बिरामीलाई आफ्नो रोगबारे प्रष्ट बनाउने ध्य हुन्छ । प्रष्ट ठेट नेपाली शब्दमा बोलेर, हलुका रुपमा प्रस्तुत भएर बिरामीसँग को वार्तालाप सुन्दा पनि हामी जस्ता युवा चिकित्सक उहाँ को वाक कलालाई हामीले नी अनुशरण गर्ने मौका मिलेको छ ।
![]() |
लेखक-डा अबिस्कार चापागाईं |
डा सेढाई टुइटर, फेशबुकमा प्रष्ट कुरा राख्नुहुन्छ, देशमा घटेका राजनैतिक अस्थिरता होस, आफ्ना अगाडि घटेका सामाजिक बेथिति होस, आफ्ना कलम चलाई रहनुहुन्छ । एउटा आम मानिसले गर्ने नागरिक सचेतना, नागरिक विचार विमर्श मा सहभागी भै सामाजिक विकास, स्वास्थ्यका विकास मा उहाँको यो समाज अझ विशेष गरी चिकित्सा पेशामा उहाँको अग्रणी भूमिका सधैं छ ।
हामी जस्ता युवा चिकित्सक का लागि प्रेरणाको स्रोत, बेला बेला अस्पताल का भर्याङमा, बिरामीको आसपासमा ठोकिरहेन् म उहाँको को माया प्रेम ले दुई मिनेटमात्र पनि भय उहाँले मलाई सधैं एउटै कुरा को लागि प्रेरणा गर्नु हुन्छ, धेरै लामो छ यो यात्रा, न थाक्नु आहिले नै, समय चिन्न पर्छ, समय चिनाउन हाम्रो पेशामा सबै गरे पनि पढ्न अनि लेख्न छोड्नु हुँदैन । विचारका, भविष्यका का बारेमा फस्ने बेला आउँदै छ, समयको मूल्यांकन गरेर दृढ भएर अघि बढ्नु एकदिन अवश्य एउटा पाइला पुग्ने छौं ।
उहाँ को यो बोलीमा शब्दमा सायद आफ्नो जीवनकालमा लमजुङ देखि चितवन सम्मको यात्रा को झलक र कष्टकर समय अनि ती दिन छिचोल्न गरेका निरन्तर प्रयास गर्दै यहाँ सम्म का विश्लेषण हुन सक्छ ।।
साइकल यात्रा मा रमाउने डा सेढाईंले जीवनकालमा यस्तो अवस्थामा नी पुग्नु भएको थियो, जहाँ जीवन र मारण का चरण सम्मपनि, पुगेर त्यस्तो अवस्थालाई पार गर्दै आज हामी सामु हुनहुन्छ ।।
उहाँ हरेक पल्ट साइकल जस्तै हो जीवन भनेर दर्साउन कोसिस गर्नु हुन्छ जुन सायद हामी त्यो बेला बेला आभास नी हुने गर्छ, सायद साइकल यात्रीलाई यति थाहा हुन्छ की बाटो जाँदा,यात्रा त्यति रमाइलो हुन्छ नी बाटो, घाटो मा भएका घर,मानिस, रहन सहन सबै आँखा मा निहित हुन्छ । त्यही भएर नी होला डा सेढाई आफ्नो जीवनकाल मा प्रकृति सँग यति नजिक हुन्छन्, सिकाउने सिक्ने कुरा मा सधैं अगाडि हुनहुन्छ ।
सायद मेरो जिज्ञासा मात्र हो हुन नी सक्छ न हुन नी सक्छ, शरीरको प्रकृति भनेको अर्थात् जल,मल, रसायन को मेसो मिलाउने हो भनेको मिर्गौला नै हो । सायद त्यही कारण पनि उहाँ मिर्गौला विषेशज्ञ हुन रुचाउने भएको होला हगी मेरो यो प्रश्न को उत्तर एकदिन सोध्ने छु ।।
उहाँ सायद सोच्नुहुन्छ साइकल र जीवन एउटै हो । कुदाउने जाने सरर, उकालो मा खुट्टा पेल्नै पर्छ, समथरमा खुट्टा लाई अलिक सजिलो, जीवन का खुड्किलो नी यस्तै हो, सायद डा सेढाई ले जानेका रहेछन जीवन साइकल हो अनि उनी साइकल प्रेमी हुन् !