विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा आयोगले एमबीबीएस लगायत अन्य बिषयको एकीकृत प्रवेश परिक्षामा विद्यार्थीले परिक्षाको ७२ घण्टा अघि गर्नुपर्ने गर्नुपर्ने पिसिआर परिक्षणको सुचनाबारे ध्यानाकर्षण भएको जनाएको छ।
विवेकशील साझा युवा सङ्गठनले आज एक बिज्ञप्ती सार्वजनिक गर्दै विद्यार्थीहरुले एमबीबीएस लगायत चिकित्शा शिक्षाका विभिन्न विधाको प्रवेश परिक्षा अगाडी गर्नुपर्ने पिसिआर परिक्षण सरकारले निशुल्क गर्न माग गरेको हो। साथै, प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरुलाई प्राथमिकताको साथ यथाशिघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत जोडदार माग गरेको छ।
एउटा विधार्थीले चार हजार रुपया दस्तुर तिरेर परिक्षा फारम भरी परिक्षा दिँदै गर्दा फेरी थप रकम तिरेर परिक्षा गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित नभएको भन्दै उसले सरकारी अस्पतालहरुमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजिमा रु. दुइ हजार तिरेर पिसिआर परिक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार संगै परिक्षा अधि मानसिक तनाव थपिने कार्यबारे विकल्प खोज्नुपर्ने जनाएको छ ।
चिकित्सा शिक्षा आयोगले कोरोनाको कारणले ढिलाइ भएको एमबीबीएस लगायत विभिन्न फ्याकल्टीको प्रवेश परिक्षा यहि साउन नौ गतेदेखि लिँदै छ ।