![]() |
लेखक- डा सुदिप पौडेल |
पछिल्लो समय भारतको केरला, तमिलनाडु क्षेत्रमा जिका भाइरस देखिए पछि आम सर्बसाधारणमा जिका सम्बन्धि जानकारी लिन खोजेको भेटीन्छ। जिका भनेको भाइरसको एक प्रकारको प्रजाती हो। येसलाइ पहिलोपटक सन २०१५ मा ब्राजिलमा भेटीएको हो।त्यो समयमा ब्राजिल सहित अमेरिकाको केही भागमा समेत यो भाइरसले बितन्डा मच्चाएको थियो। हाल यो भाइरस बिश्वका ८७ देशमा भेटिएको बिश्व स्वस्थ संगठन ले जनाएको छ। नेेेपालमापनि यसले पार्नसक्न्ने असरबारे चिन्ता प्रकट भएको छ।
जिका कसरी एक देखि अर्को ब्यक्तिमा सरुबा हुन्छ त?
जिका भाइरस पनि अरु रोग को जस्तै माध्यम बनाएर सर्ने रोग हो। यो रोगको माध्यम भनेको लाम्खुट्टे हो। aedes ageypti र aedes albopictus नाम गरेको लाम्खुट्टे को टोकाइबाट यो रोग लाग्छ|
कहाँ पाउछ त यो प्रकार को लामखुट्टे?
यो प्रकार को लाम्खुट्टे घर भित्र वा घर बाहिर जहाँ पनि भेटिन सक्छ। मुख्य रुपमा जमेर बसेको पानीमा यो लामखुट्टेले आफ्नो अन्डा पार्ने हुनाले त्यहि क्षेत्रमा धेरै देखिन्छ । जस्तै- फुलको गमला , बाल्टिनमा नचलाइ राखेको पानी, फालेको गाडीको टायरमा जम्मा भएको पानी।
लक्षण के कस्तो देखिन्छ्न त?
प्रत्येक ब्यक्ति अनुसार लक्षण फरक हुन सक्छ्न । कोहि मान्छेमा लक्षण नदेखिन पनि सक्छ। सामान्यतया
टाउको दुख्नु,
ज्वरो आउनु,
आखा रातो हुनु,
हाडजोर्नी दुख्नु,
शरीर दुख्नु,
शरीरमा दाग देखिनु आदि हुन सक्छ।
यी लक्षण केही दिन देखि १२ हप्ता सम्म रहन सक्ने अध्ययनले देखाएको बिश्व स्वस्थ संगठनले जनाएको छ|
केही दिन वा हप्ता सम्म यो रोग को लक्षण देखिने भए पनि यो श्रीमान देखि श्रीमतिमा वा एक अर्को मा सहजै बिर्य(semen) मार्फत सहजै सरुबा हुन्छ|
गर्भवती महिलामा येस्को के असर देखिन्छ ?
गर्भवती आमा मार्फत पनि जिका भाइरस आफ्नो पेट भित्रको बच्चालाई सरुवा हुन्छ, यो गर्भास्था वा बच्चालाई जन्म दिने बेलामा सरुवा हुने हुन्छ|
जिका भाइरस लागेको बच्चामा कस्तो समस्या देखिन्छ त?
जिका गर्भवती भएको अवस्थामा आमालाइ लागे निकै खतरापूर्ण मानिन्छ । यो कुरा अध्ययनले समेत पुस्टि गरेको छ्न। जिका गर्भास्थामा लागे मुख्य रुपमा बच्चामा समस्या देखिने हुन्छ, जस्तै गर्भपतन हुने, मस्तिष्कको पुर्ण बिकास नहुनु (microcephaly and congenital zika syndrome) देखिन्छ, जुन कुराले बच्चाको मस्तिष्कको पुर्ण बिकास भएको छैन भन्ने बुझाउँछ। यस्ता बच्चालाई बचाउन गाह्रो हुने , बचिहाले सुस्त मनस्थितिको हुने हुन्छ । तर , कुनै बच्चा सामान्य पनि जन्मेको पनि हुन सक्छ,तर पछि गएर कुन किसिमको असर गर्छ भन्ने कुरा पुर्ण रुपमा थाहा भैसकेको छैन। त्यसैले,विश्व स्वास्थ संगठनले सन २०१५ पछि ब्राजिल लगाएत दक्षिण अमेरिकाको विभिन्न देशमा गर्भधारण नगर्न अनुरोध गरेको थियोे, यो संगै , गर्भवती महिलालाई सुरक्षित गर्ने उपाय खोज्न अनुरोध गरेको थियो |
कसरी जिका देखी बच्ने त?
यो रोग लामखुट्टेको टोकाइ देखि लाग्ने भएकोले, मुख्य रुपमा लामखुट्टेको वृद्धि अनि यसको टोकाइबाट बच्नु नै पहिलो प्राथमिकता हो। यसको लागि घरभित्र बस्दा झुलको प्रयोग गर्ने, झ्यालमा जाली लगाउने,लामखुट्टे मार्न प्रयोग हुने घुपहरु प्रयोग गर्ने,पानी जम्ने ठाउँ नराख्ने वा निरन्तर पानी फालीरहने,घर बाहिर निस्किदा
लामो कपडा लगाउने,लामखुट्टे को टोकाइ देखि बच्न लाई क्रिम लगाउने,पानी जम्ने ठाउँ नस्ट गर्ने
गर्भवती महिलालाई कसरी बचाउने ??
गर्भवती महिला सकेसम्म जिका प्रभावित क्षेत्रमा बसाइ वा भ्रमण नगर्ने, गर्न पर्ने भएमा श्रीमान सङ शारिरिक सम्पर्क नगर्ने, वा कन्ड्म को प्रयोग गर्ने | यस्तो प्रभावित क्षेत्रमा बसिरहेका वा भ्रमण गरेर आएका गर्भवती भएका महिला ले भने प्रत्येक पटक स्वास्थ्यसंस्थामा जिका भाइरस को लक्षण छ कि छैन भनेर चेक गर्ने ।
जिका छ कि छैन भनेर कसरी थाहा पाउने?
जिका छ कि छैन भनेर सहजै रगत वा पिसाब को मध्यम देखि थाहा पाउन सकिन्छ। त्यसको लागि zika ig(m) antibody test वा NAAT (nucleic acid amplification test) को मध्यम मार्फत थाहा पाउन सकिन्छ |
उपचार र खोप छ कि छैन त?
यो रोग को ठ्याक्कै यो नै उपचार विधि हो भन्ने कुरा छैन, तर लक्षण आधारित उपचार विधि मार्फत जिका भाइरस को उपचार हुन्छ ।यस्तै जिका भाइरसको खोप अहिलेसम्म आइसकेको छैन, तर ३ वटा खोप animal trail मा रहेको बिश्व स्वस्थ संगठनले जनाएको छ ।