धेरै समयपछी अन्ततः स्वास्थ्य सेवाको तर्फबाटै स्वास्थ्य मन्त्रालयमा सचिव नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवमा डाक्टर रोशन पोखरेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सचिव नियुक्तका लागि आज बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो। धेरैपछी बिषयबस्तु बुझेको मान्छेलाइ सचिव पाएपछी स्वास्थ्यकर्मीहरु आफुले उठाउँदै आइरहेका माग ठोस पहलकदमी हुने बिश्वास जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय