लेखक- अनिशु डुम्रे

 

खोपको हाहाकारबाट अलिकति उठेर अहिले अनुदान अनि किनेर ल्याईएका विभिन्न कम्पनीका खोप नेपालीले लगाइरहेका छौं ।
कोभिसिल्ड अनि भेरोसेल खोप हामीले लगाइसक्यौं।
अमेरिकी सरकारले दिएको जोन्सोनका बारे नेपालमा अनेकौं प्रतिक्रिया आइरहेका छन् ।
आखिर जोन्सोन एण्ड जोन्सोन के हो त?
…..
भ्याक्सिनको नाम : जोन्शोन एण्ड जोन्शोन
उत्पादन  गर्ने  देश : अमेरिका
उत्पादन गर्ने कम्पनी : अमेरिकन मल्टी नेशनल  कर्पोरेशन
लगाउनु पर्ने  डोज: एक

कोरोनाको माहमारी करिब  हामीले दुईवर्ष  खेपी सकेका छौ । यो महामारीको एकमात्र समाधान भनेको भ्याक्सिन लगाउनुनै हो भन्ने प्रमाणित भैसक्यो।
हालसम्म नेपालमा आएको खोप  चाइनाको भेरोसेल र भारत को कोभिसिल्ड  हुन् ।  बिश्वको लागि परिचित नै भएपनि हामी कसैले पनि हालसम्म नलगाएको खोप हो जोन्शोन एण्ड जोन्शोन ।

  कसैलेपनि लगाइ नसकेकाले  सबैको मनमा यो सुरक्षित  छ/ छैन भन्ने प्रश्न  पक्कै पनि उठेकै होला।
होइन र?

यसको प्रभावकारिता र सुरक्षाका बारे भन्नुपर्दा ,
१. यो “युएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रसन”  बाट   महामारी रोकथमका लागि अनुमती पाउने  अर्थात  ईमर्जेन्सी युज अथोराइजेसन पाउने तेस्रो  खोप हो।
२. WHO तथा युरोपियन मेडिसिन एजेन्सिले पनि  यसलाइ पुरै  मान्यता दिएको छ।

प्रभावकारिता ६६.३% भएको यो खोपले खोप लगाएको २ हप्ता  पछि सुरक्षा  दिन्छ भने
रिसर्च गरिए अनुसार खोप लगाएको ४ हप्ता पछि मनिसहरुलाइ कोरोना लागेपनि अस्पतालमा भर्ना गर्नु पर्ने या  सिकिस्त अक्सिजन चाहिने भने देखिएन।
यो खोप कस्ता मनिसले लगाउने र कस्ता मनिसले नलगाउने त??
सामन्यतया भन्नू पर्दा यो खोप 18 बर्ष भन्दा माथीका सबैले लगाउन हुन्छ ।
cOVID को उच्च जोखिममा रहने तर गम्भीरमा नभएका
१. उच्च  रक्तचापका बिरमी
२. चिनी रोगको समस्याका बिरामी
३. मोटोपान भएकालेे
४. गर्ववती महिलाले
५. एड्सका बिरामीहरुले
यो खोप लगाउन हुने भनेर विभिन्न रिसर्चले जनाएको छ। भने स्तनपान  गराउदै गरेका आमामा भने यसको रिसर्च  नभइसकेको हुँदा  डाक्टरको सल्लाह लिनु ठिक हुन्छ ।

यसो भन्दै गर्दा अमेरिकामै ६८ लाख मानिसमा यो खोप लगाइ सकेपछी रोकियो ।
र यसै कारण यसको प्रभावकारितामा प्रश्न पनि उठ्यो।

आखिर किन यस्तो  गरियो त??
खोप  लगाउँदा यसको केही असर देखिनु सामान्य हो।
जस्तै,
खोप लगाएको ठाँउमा
दुख्नु
रातो हुनु
सुन्निनु
शरीर  भरी देखिने असर
थकान महसुस हुनु,
टाउको दुख्नु,
शरीर दुख्नु,
ज्यरो आउनु,
र वाकवाकी  लाग्नु हो।
यस्ता लक्ष्यण केही दिनमै हराएर जान्छ।
तर,
समस्याको विषय के रह्यो भन्दा केही महिलामा ( दश लाख मा छ जना ) उमेर  (१८-४९ ) बर्ष मा रगत जम्ने साथसाथै रक्त कोशिकाको   मात्रा पनि घटेको पाइयो। 
यो विशेष  गरेर(१८-४९) बर्षका  महिलामा देखिएको हो भने  ५० बर्ष  माथीका महिलामा र कुनै पनि उमेरका पुरुष मा यो देखिएको छैन ।
यस्को  कारण  हर्मोन “इस्ट्रोजेन” उर्वर महिलाको मेजर हर्मोन रहेको र यस्ले  इम्युन सिस्टमलाई धेरै उत्त्तेजित गर्ने, यसका कारण रक्तकोशिकालाई आफ्नै शरीरको रक्षा सन्यन्त्रको घटक “म्याक्रोफेज”ले नास गर्ने साथै रगत जम्ने प्राकृतिक प्रक्रियालाई पनि उजागर गर्ने पाइएको छ ।
यस्तो समस्या कहिले देखिन्छ  त?
यसको लक्ष्यण  खोप लगाएको तीन हप्ता पछि देखिने पाइएको छ।

कहाँ  देखिन्छ  त ?
विशेषगरी  यो मस्तिष्कको र पेटको नसामा देखिएको थियो । यसलाई मेडिकल भाषामा  “सेरेब्रल भेनस साइनस थ्रोम्बोसिस” भनिन्छ ।

यदि रगत जमेको हो भने कस्तो समस्या देखिन्छन् त ?
. टाउको धेरै  दुख्ने
.आँखा धमिलो देखिने
. छाती  दुख्ने
.खुट्टा सुनिने
.लगातार  पेट  दुख्ने
.सजिलै चाेट लाग्ने
. स्वासप्रस्वासमा समस्या देखिने पाइएको छ ।

तर यति भन्दै गर्दा यो खोप सुरक्षित  छैन भन्नूचाहिँ हुँदै होइन। यो खोप केही बेरका लागि रोकिएपनि  यसको फाइदा हेरेरै पुन प्रयोगमा ल्याइएको छ। र, अमेरिकामै करिब २ करोड मानिसले यो खोप लगाइसकेका छन् ।

यो खोप कस्तो मानिसले नलगाउने त?
.१८ बर्ष  ननाघेका मानिसहरु
.कोरोना निको भएको एक महिना  नभएकाले
.पहिलो खोप लगाउदा  गम्भीर एलर्जी भएकालेे 
.उच्च ज्वरो आएकाले निको नहुन्जेल
.”मनोक्लोनल एन्टीबडि” अथवा  प्लाज्मा थेरापी गरेको ९० दिन नभएकाले

अपबाद सबैको हुन्छ। तर, यो खोपको बारेमा अन्योलमा परेर नलगाउने भन्दा पनि लगाउनुको फाइदा बुझ्न आवस्यक छ। त्यसैले,  यो खोप लगाएरै यो महामारीबाट जोगिनु नै उचित रहन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय