गोरखा : सिरानचोक गाउँपालिकाको ब्यापारीक केन्द्र चोरकाटे बजारमा फार्मेसी ,ल्याब,भिडियो एक्स रे सहितकोसुबिधा भएको क्लिनिक संचालनमा आएको छ ।
चोरकाटे चोकमा पुलिस कार्यालय संगै जोडिएको भवनबाट सेवा दिन थालिएको र औपचारिक उद्घाटन यहि भदौ १६ गते शनिबारका दिन गरिने क्लिनिकका संचालकमध्यका एक दिनानाथ ढुंगानाले बताए ।
सिरानचोक गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र गुरुङले सामुदायिक क्लिनिकको अवधारणा राम्रो लागेको र गाउँपालिका सदैब सहयोग गर्न तयार रहेको बताउँदै निजी र सरकारी अस्पतालको पुलको काम गर्ने सके सामुदायिक अस्पतालको धर्म पुरा हुने बताए ।
क्लिनिक रहेको सिरानचोक – ४ का वडा अध्यक्ष भरत हमालले भबिस्यका ठुला सपना बाड्नुभन्दा बर्तमानमा जनताका धरातलीय आवस्यकता पुरा गर्न आफु लागिरहेको बताउँदै क्लिनिकले जनताको सेवामा समर्पित गर्नेमा आफु बिश्वस्त रहेको उनले बताए ।
क्लिनिक उद्घाटनको समय पारेर लगातार चार दिनसम्म बिशेष छुटमा विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिने संस्थाले जनाएको छ।
फार्मेसी , ल्याब , भिडियो एक्स-रे सहितको सेवा रहेको क्लिनिकले चौबीसै घन्टा सेवा उपलब्ध गराउने अस्पतालका संचालकमध्यका एक सन्तोश कुमालले बताए ।