नतिजा आयो।
एकबर्ष पहिल्यै हुनुपर्ने प्रवेश परीक्षाको ढिलै भएपनी नतिजा आयो।
सबै बिषयमा लगभग ३२ हजार बढीले प्रवेश परीक्षा दिएका थिए।
करिब चार हजारले एमबीबीएस अध्ययन गर्न चाहिने पास मार्क्स ल्याए।
नेपालमा अनि नेपालबाहिर गरेर अहिले लगभग पच्चीस सयजतिले एमबीबीएस पढ्छन् ।
मतलब ,
आज पास भएका आधी बढीले पढ्ने वाला छन् !
बाँकीले?
कुर्नेछन्!
अरु बिषय रोज्नेछन् !
वा,
बिदेश जानेछन् ।

आज यो लेखमा म एमबीबीएसलाई जति “ह्याइप” दिइएको छ,त्यो बास्तवमै लायछ छ? भन्ने प्रश्नको वरिपरि घुम्ने प्रयास गर्नेछु!
सबैभन्दा पहिला आज नतिजा सार्वजनिक भइसकेपछी ट्विटरमा  केही युवा डाक्टरहरुको प्रतिक्रिया लेख्नेछु है!
डा सुमन आचार्य लेख्छन् -“छात्रवृत्तिमा नाम निकाल्नेलाई बधाई, शुभकामना ।
ननिकाल्नेलाई समय खेर फाल्ने वा पैसा खर्चिने तर्फ नलाग्न अनुरोध। इट्स नट वर्थ इट”!
डा भुगोल प्रसाँइ लेख्छन् -“नतिजा आएछ। भाई बैनी, अभिभावकलाई सानो सुझाव। छात्रवृत्तिमा नाम निस्केन भने विकल्प सोचौं, पैसा तिरेर चाहिँ एमबिबिएस पढ्ने मूर्खता नगरौं। समय, मिहेनत र पैसाको लगानी अनुसार तलव त छैन नै,  एमबिबिएस पछि पिजी/जागिर लगायतको झनै ठूलो घनचक्कर छ। आगे यहाँको मर्जी”!
क -ख चिन्ने भएदेखी तयारी कक्षाहरुमा पढ्दैगर्दा यसरी बुझाइन्छ मानौँ -“एमबीबीएस +२ पछिको एकमात्र विकल्प हो”!
एकचोटि सम्झनु त-
स्कुल कलेजमा डाक्टर बन्नु आफ्नो लक्ष भएको भन्दाको माहोल नै कस्तो हुन्थो?
एकचोटि सम्झनु त,
नेम-भाइब्रेन्टमा तयारी कक्षा गर्दैगर्दा डाक्टरबारे कस्तो “इमेज” बनाइदिएको हुन्छ?
अवस्था त्यस्तै हो त?
होइन!
होइन!
होइन!
एकपटक होइन लेखे पुग्ने ठाउँमा तीन पटकसम्म लेख्नु को एउटै कारण छ- त्यो हामीलाई देखाइएको “सपना” यथार्थ होइन!
अनि,
जब सपना अनि यथार्थबीच गहिरो खाडल आइपर्छ- जिन्दगीमा दिक्दारीपन पैदा हुन्छ!
भनेपछी कस्तो छ त अबस्था अहिले नेपालमा एमबीबीएसपछि।

पढाई
   सामान्यतया,ब्याचलर्सको पढाइ चार बर्षको हुन्छ। एमबीबीएस अपबाद हो। एमबीबीएसको पढाइ अवधी साढे पाँच बर्षको हुन्छ। तर,यो समयमा पढाइ सकिने “भाग्य”ले साथ दिनुपर्छ।
टियु अन्तर्गतका मेडिकल कलेजमा एमबीबीएस सकिन कम्तिमा ६ बर्ष लाग्छ। रिजल्टमा हुने ढिलाइ लगायत अन्य कारणले सात बर्षसम्म लागेको उदाहरण छ। एउटै कोर्सको पढाइ केयु अन्तर्गत भने साढे पाँच बर्षमा सकिन्छ। चाइना लगायत अन्य कतिपय मुलुकमा पढ्न जाँदा पहिला भाषा सिक्नुपर्ने पुर्वशर्तका कारणले त्यहाँको एमबीबीएस सकाउनपनी कम्तीमा ६-७ बर्ष लाग्छ।
भन्नाले, संगै +२ सकाएर इन्जिनियरिङ पढेको साथीले मास्टर्स सकाउने समयमा एमबीबीएस सकिन्छ ।
अझ,एमबीबीएसपछि “अनिवार्य” गर्नैपर्ने एमडी/एमएस पढ्नुअघी कम्तीमा एक बर्ष तर ब्यवहारिक हिसावले दुइबर्ष “दैनिक ज्यालादारी” डाक्टर भएर काम गर्नैपर्ने बाध्यता छ।
अरु कुनै बिधामा नभएको र अन्य देशको चिकित्सा शिक्षामा समेत नभएको यो “मौलिक” नियम हाम्रो देशमा कायम छ!
भन्नाले, सबै हिसाबले ठिक भए कम्तीमा एमबीबीएसको छ बर्ष , बीचको संक्रमणकालिन दुई बर्ष अनि एमडी/एमएस गर्दाको तीन बर्ष गरि एघार बर्षपछि मास्टर्स सकाइन्छ।
मैले एउटा कुरा छुटाएँ नि!
सम्झिनु भो,
एमबीबीएस भर्ना हुनुपहिले गरिने “इयर लस” बारे त जानीजानी नजोडेको मैले!
त्यो चाहिँ आफैं जोड्नु न है।
साँच्चै, आफ्नो सपनाको बिषय एमबीबीएस पढ भनेर कति बर्ष “लस” गर्नु भो तपाइँले?
यसरी , +२ उत्रीण गरेको कम्तीमा ११ देखि १२ बर्षपछि चिकित्सा शिक्षामा मास्टर्स सकिने रहेछ।
संगै,
इन्जिनियरिङ वा अन्य पेशा अपनाएको साथीले यो ११ बर्षमा के के गरिसक्छ भन्ने कुरा चाहिँ “सम्झने पानी छम्कने” है!
२० बर्षमा एमबीबीएस भर्ना भएको युवा मास्टर्स सकाउँदा ३३-३४ बर्षको भइसक्छ!(चिन्ता नगर्नुस् ,यो पनि राजनीतिक भाषाको युवा नै हो)!

पैसा
“चिकित्सा शिक्षा भनेको सेवामूलक पेसा हो! पैसा कमाउने भए अन्य सयौं क्षेत्र छन् । यो भनेको सन्तुष्टि पाउने पेसा भएकाले पैसासंग तुलना गर्न मिल्दैन”!
यो भन्ने अगुवा वा सहकर्मीजस्ता ढाेंगी मलाइ कोहि लाग्दैन।
कि ,
तपाइँपनि भ्रममा हुनुहुन्छ ?
मेरो अहिलेसम्मको बुझाइले भन्छ-चिकित्सा पेशापनि अन्य पेशाजस्तै पेशा हो! मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने भएकाले यो पेशा अन्यभन्दा अलिक भिन्न देखिन गएको मात्र हो।
तर,
यो पेशामा आबद्धहरु अन्य पेशाकर्मी जस्तै सपना-यथार्थ भएका प्राणी नै हुन् ।
“चिकित्सा पेशालाइ पैसासँग तुलना गर्न मिल्दैन वा पैसा कमाउने भए अन्य फिल्ड रोजेहुन्छ” भन्नेहरु भनेका भुइँतहका स्वास्थ्यकर्मीलाई चुसेर आफू मोटाउन चाहने ढाेँगी चरित्रका “कुरुप अनुहार” हुन् ।
यति लेखेपछि अब पैसो/कमाइको कुरा त  गर्नैपर्यो नि है!
तपाइँ अहिले यो लेख पढ्दै हुनुहुन्छ र तपाइँ स्वास्थ्यकर्मी होइन भने एकछिन ब्रेक लिनुहोस्!
पानी पिउनुहोस् !
अनि,
बिस्तारै पढ्न बस्नुहोस्!
किनकी,
अब मैले लेख्ने कुराहरु तपाइँलाई पत्यार नलाग्नसक्छ।
हो,
आफुले नदेखेको/नभोगेका कुराहरु पत्याउने हाम्रो बानी नै छैन।
कम्तीमा छ बर्षको एमबीबीएस पढाइ सकिसकेपछी मेडिकल अफिसर भएको कमाइने औसत तलव भनेको ३३-३६ हजार हो।
दिनमा दस घन्टा काम गर्दा पाइने औसत तलव भनेको यहि हो।
यो तलब अतिरिक्त भत्ता पाउनु वा बिमा हुनु भनेको कल्पना बाहिरको कुरा हो!
तर,
यथार्थ के हो भने, कामको निश्चित समय हुँदैन।
केही महिनाको करार पाउनु भनेको ठुलै चिट्ठा हात पार्नु झैँ हो।
लगभग ६० लाख खर्च गरेर छ बर्षको आफ्नो जिन्दगी बिताएर “समाजको सेवा गर्ने भगवान” को तलब भनेको ३३-३६ हजार हो।
एमबीबीएस पछि एमडी गर्नु भनेको “बधुवा मजदुर” हो! लगातार ४८ घन्टासम्म खटिनुपर्ने भएपनी अहिले नेपालका अधिकांश मेडिकल कलेजले रेजिडेन्टलाई दिने तलब भनेको १८ देखि २२ हजार हो। त्यो पनि विद्यार्थीबाटै पहिल्यै एकमुष्ट लिइएको रकम समयसमयमा “रिलिज” गरिदिने मात्र हो।
यति लेखेपछी पैसाको कुरा थप के लेख्ने र है?
आफुलाइ माथीका सन्दर्भमा पाइसक्नुभयो होला क्यारे!
इज्जत
नेपालमा कार्यस्थलमा दुव्र्यवहार सामना गर्ने अग्रपंक्तिमा आउने भनेकै डाक्टरहरु हुन् !
इज्जतबारे यो भन्दा बढी केहि लेखिरहनुपर्छ र?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय