पछिल्लो २४ घन्टामा थप २५४८ जनामा कोरोना संक्रमण थपिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजा ३३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय