अजिरकोट- गोरखा :

सुशीला अधिकारी स्मृति प्रतिष्ठान नेपालले अजिरकोट-३ गोरखाको जीवन ज्योति मा.बि मा कम्प्युटर ,प्रिन्टर लगायतका सामाग्री  हस्तान्तरण गरेको छ ।
कृषि बिकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  सुशिला अधिकारी स्मृति प्रतिष्ठान नेपाल (समिट नेपाल) अजिरकोट -३ गोरखा मार्फत आइतबार एक कार्यक्रमका बीच जीवन ज्योति माध्यामिक विद्यालय अजिरकोट-३ काफलडाँडालाइ दुइ  कम्प्युटर र प्रिन्टर र प्राथमिक उपचारका औसधि  हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै समिट नेपालका संस्थापक अध्यक्ष कुस्माखर अधिकारीले कम्प्युटर लगातका सामाग्रीले विद्यार्थीहरुको पठनपाठनमा थप सहयोग हुने बिश्वास व्यक्त गर्दै अहिलेको आधुनिक समयसंग सात्क्षाकार गर्न सजिलो हुने उनले बताए ।


कम्प्युटर लगायतका सामाग्री बिग्रिएमा आफुहरुले भबिस्यमा निशुल्क मर्मत गराइदिने बताउँदै उनले आफ्नो जन्मगाउँमा निरन्तर शैक्षिक सुधार र अन्य सामाजिक कार्यमा निरन्तर सहयोग गरिरहने संस्थापक अध्यक्ष अधिकारीले बताए ।
कम्प्युटर हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै  प्रमुख अतिथि कृषि बिकास बैंक – पालुङटारका शाखा प्रबन्धक अर्जुन पाठकले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विद्यालयलाइ कम्प्युटर लगायतका सामाग्री हस्तान्तरण गर्न पाउँदा आफुहरु सन्तुष्ट रहेको र यि सामाग्रीको भरपुर प्रयोग हुने उनले बिश्वास व्यक्त गरे ।

कार्यक्रमलाइ सम्बोधन गर्दै अजिरकोट -३ का वडाध्यक्ष बाबुराम अधिकारी तथा सोहि विद्यालयका ब्यवस्थापन समितिका अध्यक्षले सामाग्री हस्तान्तरण गरेकोमा समिट नेपाल र कृषि बिकास बैंकलाइ आभार व्यक्त गर्दै यसको सदुपयोग हुने बिश्वास दिलाएका थिए । भएका कम्प्युटरको मर्मतसम्भार र नयाँ आएका कम्प्युटरको उचित ब्यवस्थापनमा विद्यालयको नियमित ध्यान जाने उनले बताए ।

स्वर्गीय सुशिला अधिकारीको सम्झनामा खोलिएको समिट नेपालले बिगत केहि बर्षदेखि  अजिरकोट गाउँपालिकामा निरन्तर  शिक्षा – स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । समिट नेपालले भच्चेक स्वास्थ चौकीमा पन्ध्र लाख रुपैयाँ बराबरको डिजिटल एक्स – रे मेसिन हस्तान्तरण गरेको थियो । समिट नेपालले अजिरकोटका जीवन ज्योति माबिमा कक्षा पाँच र कक्षा आठ र ज्ञान ज्योति माबिका कक्षा पाँच , कक्षा आठ र बिपन्न विद्यार्थीहरुलाइ बार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय