
धरान :
विश्व मृगौला दिवसको अवसरमा वि. पि .कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सक नेपाल विद्यार्थी एकाइ धरान(PSRN BPKIHS) र के.एच.डि.सी नेपालको संयोजकत्वमा धरान-१७ , पृथ्वी चोकको नवनिर्मित सामुदायिक भवनमा फागुन २७ गतेका दिन निशुल्क बि.एम.आई , रक्तचाप ,रक्त ग्लुकोज र क्रियाटिनिन मापन लक्षित लघु स्वास्थ्य सिविर आयोजना गरिएको थियो ।
उक्त शिविरमा मेडिकल अधिकृत डा.प्रजज्वल पौडेल , के.एच. डि.सी बाट २ जना व्यवस्थापक र २ जना नर्स, १७ नं वडाकि महिला स्वास्थ्यकर्मी एवम् पि.एस.आर.एन को तर्फबाट ११ जना सदस्यहरुले संयुक्त रुपमा स्वास्थ्य शिविर बिहान ८ बजे देखि १२ बजे सम्म सम्पन्न गरेका थिए।उक्त शिविर मार्फत धरान -१७ का १२५ जनाले लाभ प्राप्त गरे। त्यहाँ आएका केही जेष्ठ नागरिक र युवामा उच्च रक्तचाप ,केही मानिसमा असामान्य रक्त ग्लुकोज र ४ जनामा क्रियाटिनिन बढेका पाइएको थियोे ।
उक्त शिविरमा विश्व मृगौला दिवसलाई लक्षित गरेर मानिसहरुलाई मृगौला कसरी स्वास्थ राख्ने र यस सम्बन्धित रोगको बारेमा जनचेतनामुलक कार्यक्रम गर्दै आवश्यक सामाग्री समेटिएका पर्चाहरु पनि बाँडिएको थियोे । उक्त शिविरले मुख्यत मृगौला, मुटु रोग, मधुमेह र उच्च रक्तचापका कारण हुन सक्ने जोखिम न्यूनीकरण गर्नको निमित्त जीवनशैलीमा परिवर्तन ल्याउन जोड दिएक थियो भने शिविरमा उपस्थितहरुले आफुहरुले पनि त्यतातिर ध्यान दिने र अरुलाई पनि सिकाउने प्रतिबद्धता गर्नुभएको थियो।