म एक युवा चिकित्सक हुँ । चितवनकै बासिन्दा म त्यहीँको एक मेडिकल कलेजबाट एमबीबीएस पढाइ सकेपछि दुर्गम नेपालमा काम गर्ने उत्कट अभिलाशा बोकेको एक युवा हुँ ।
हाल , म गोरखाको दुर्गम गाउँपालिका अजिरकोटको केन्द्र भच्चेक बजारमा रहेको निजी अस्पताल “भच्चेक मोर्डन अस्पताल” मा कार्यरत छु ।
यो गोरखाकै अन्तिम सानो बजार भएको गाउँपालिका हो । पीच बाटो , बिजुली , बत्तीको यहाँ सहज ब्यवस्था छ ।
अर्थात ,
सहरका मानिससंग जेजस्ता कुराको पहुँचमा छन् ,
त्यो कुरा यहाँका मानिस पनि पहुछमा छन् ।
…..
बिज्ञान र आधुनिक प्रविधीले संसार ढाकिसक्यो ।
अहिले स्मार्ट फोन नचलाउने मानिस कमै होलान् , गाउँ गाउमा यस्ता प्रविधीको आगमन भइसकेको छ ।
प्रविधिक रुपमा प्रथामिक शिक्षा समेत नलिएका ८० बर्षका बृद्दाले फेसबुक र टिकटक चलाउन जान्नु नौलो भएको छैन । प्राबिधिक सिप र यो २१ औ शताब्दीले बिज्ञानका आविस्कारलाई स्विकारेपनि अहिले पनि गाँउ घरमा अन्ध बिश्वासको रुख भने मरेको छैन ।
यसका जरा जमिनको निकै मुनि उखालिन नसक्ने गरि फैलिएको छ ।
……
बिहान डिउटी ८ बजे सुरु हुन्छ ।
म उठि वरि दाँत माझी प्रेस भएर तल झर्दै थिएँ ।
अस्पतालको आकस्मिक वार्डमा एक बिरामी ल्याइएको रहेछ ।
बिरामी झाँक्री ।
रक्सी अत्याधिक मात्रामा प्रयोग गर्ने अनि बेला बेला उनी बर्बराउने एक्लै वोल्ने गर्ने रहेछन् ।
त्यस दिन उनी आफुले नै लेकबाट ल्याएको एक बिखालु जडिबुटी खाएछन् ।
र ,
त्यही बिखलाई मार्ने भन्दै फेरि उनको अनुसार ” कालो मसि ” भन्ने जडिबुटी खाएछन् ।
खाएको ३-४ घन्टा भै सकेको रहेछ ।
घरमा उनका परिवारले त्यो बिख निकाल्न अनेक उपाए गरेछन् ।
साबुन खुवाएछन् ।
औंला हालेछन् ।
केही उपाए नलागेसी अस्पताल दौडाएको रहेछन् ।
अस्पताल आउँदा उनको छाति सबै खराब भै सकेको थियो । अक्सिजनको मात्रा घटेको थियो ।
संगै , घटेको थियो रक्तचाप ।
उनको श्वास बढेको थियो ।
उनी अर्धचेतमा थिए ।
उनको श्रीमतीले एउटा कपमा केही सेतो चिज घोटी रेहेकी थिइन् ।
हामीले बारम्बार अस्पतालमा आएपछी बाहिरी चिज नदिनुस् भन्दाभन्दै आँखा छलेर दिएछिन् ।
बिरामीको अवस्था झन बिग्रीयो ।
उनको पेट सफा गर्न पाइप हालेर सलाइनले पखालेँ ।
नसा खोलेर औसधि दिएँ ।
संगै ,अक्सिजन घटेकोले अक्सिजन जोडियो ।
उनीको छातिको xray गर्दा उनको छाति जबर्जस्ती बान्ता गराउन खोज्दा त्यहि पानी सर्केर खराब भइसकेको थियो ।
हामी यसलाई मेडिकल भाषामा “एस्पिरेसन न्युमोनिया” – Aspiration Pneumonia भन्छौं ।
बिरामीको अवस्था झन बिँग्रदै गएको थियो ।
मुटुको धड्कन घट्दै थियो । उनीलाइ अक्सिजन पुगिरहेको थिएन ।
पर्याप्त श्रोत साधन नभएकाले उनलाइ भरतपुर अक्सिजन लगाएरै एम्बुलेन्समा लगियो केही दिन उता अस्पतालमा बसेपछि उनि बचे र फर्किए ।

केही दिनपछी एक जना ड्राइभर जसले ति बिरामीलाइ ल्याएकालाइ मैले सोधेँ –
“तिनीलाइ त्यो सेतो बान्ता गराउने औसधि के हो”?
उनीले अप्ठ्यारो मान्दै ” त्यो त सुकेको कुकुरको गु हो ” भने ।

म लगाएत हामी हस्पिटलका कर्मचारी दङ पर्यौँ ।

ओहो ।
मोबाइल हात हातमा परे पनि उचित शिक्षा र चेतना मस्तिष्कमा पसेको रहेनछ भन्ने लाग्यो ।
…….
यो त एक उदाहरण मात्र हो ।
सयौँ यस्ता बिरामी आउँछन् ,
जो यस्ता अन्धबिश्वासबाट आफ्नो ज्यानसम्म गुमाइरहेका हुन्छन् ।
एक जना छाति दुखेर आएका बाजेलाई त मसान लाग्यो भनेर लग्न लाग्दै थिए जो अहिले काठमाडौमा मुटुको अपरेसन गरि आराम गरिरहेका छन ।
उनको बारेमा अर्को लेखमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय