छारे रोगको एक-चौथाई बिरामीमा मात्र छारेको ठुलो अटैक आउने गर्छ। यस अन्तर्गत बिरामी अचानक बेहोस हुनु, हात खुट्टा कडा हुनु, जिउ काम्नु वा हल्लाउनु, जिउ कडा हुनु, मुख बाट फिजआउनु, दाँत किट्नु र अस्वभाभिक आवज गर्नु आदि मात्र देखिन्छ। यस्ता लक्षणहरु बाट हामी सबै जानकार छौं तर यस बाहेक तिन-चौथई बिरामीमा छारेको सानो अटैक आउने गर्छ। यसलाई अझैपनि हामी चिन्न सकेका छैनौं।

यस अन्तर्गत बिरामी (खासगरी बच्चाहरुमा) एकै छिन टोलाउने, थाहै नपाइकन भुईमापछाडिने जस्ता लक्षण देखिन्छ। अन्य केहीमा एक साइड मात्र काम्नु, आँखा वा अनुहार फरफराऊनु, बेहोश नभई बेसुर मात्रै हुनु, अचानक एकछिन केही चपाएको जस्तो मुख चलाउनु, हातले शर्टको बटन लगाए जस्तो गर्नु, घरबाट बाहिर भाग्नु जस्ता व्यवहार देखिन्छ भने केहिमा जीउको एकभागमा पोल्नु, झमझम गर्नु वा दुख्नु, अत्यधिक डर त्रासको अनुभुति हुनु, आफु कुनै नयाँ ठाउँमा पुगेकोअनुभुति हुनु वा नभएको बस्तु देखिनु वा आवाज सुन्नु आदि जस्ता शारिरिक, भावनात्मक र मानसिकअनुभुतिहरु देखिन्छ। यस्ता लक्षणहरुको बारेमा पनि जानकारी हुनु आवश्यक छ।

समग्रमा भन्नु पर्दा कुनै मानिसमा यदि अचानक कुनै पनि सोचाई,अनुभुति, बौधिक वा व्यवहारपरिवर्तन देखिन्छ र केहि बेरमा आफै ठीक हुन्छ भने त्योछारेरोगको लक्षण हुन सक्छ।त्यसैले यस्तालक्षण देखिने वित्तिकै न्युरोलोजिस्ट संगको चेक जाँच अनिवार्य हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय