
“स्वस्थ्य नेपाली – समृद्ध नेपाल” को गन्तव्य हासिल गर्न हामी सबैको चिन्ता जाहेर भएको देखिन्छ ।
कुनै पनि बस्तु, क्रियाकलाप, समाज, घटना-परिघटना भित्र असल र खराब, बिकाश र बिनाश पक्षहरू रहन्छन् ।
समग्रमा सकारात्मक र नकारात्मक दृष्टिकोणहरू समेटिएका हुन्छन ।
यसभित्र नकारात्मक भन्दा सकारात्मक पक्षहरूको जित हुने हुनाले समाज निरन्तर अग्रगामी परिवर्तनशील हुन्छ।
तर , सामाजिक जीवनका सबै आयामहरूको बारेमा दैनिक सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा सकारात्मकताको खडेरी नै खडेरी स्पष्ट देखिन्छ । सबै खाले घटना-परिघटनासँग सम्बन्धित विश्लेषणहरूमा निम्न साझा अवधारणा देख्न सकिन्छ।
१) सबै नकारात्मक मात्र परिणाम निस्के जस्तो,
२) सकारात्मक परिवर्तनको कुनै गुञ्जायस नभए जस्तो,
३) आफ्नो भन्दा अर्काको क्षेत्रको सुझ बुझ धेरै भए जस्तो,
४) आफ्नो काम,कर्तव्य,जिम्मेवारी र अवसरबारे अनभिज्ञ भए जस्तो।
….
यस सङ्कटमोचन गर्न केही न केही त गर्न सान्दर्भिक देखिन्छ l तसर्थ , विषयवस्तुको विश्लेषण गर्दा सहयोगी Tool को रुपमा प्रयोग गर्न प्रस्तावित एउटा धारणा – सकारात्मक सोचको धारणा (GLAD-concept) माथि खुल्ला बहस-छलफलको लागि यहाँहरूको माझमा प्रस्तुत गरेको छु ।
..
GLAD( खुशी) -Concept (धारणा):
यो भनेको अर्थ हो –
Attitude of:
१) G= Gratitude :
धन्यवाद/ कृतज्ञता ज्ञापन गर्नु – आफूलाई केही प्राप्त भए पछि धन्यवाद भन्ने, आभार प्रकट गर्ने बानीको विकास गर्ने
२) L= Look for only positive
सकारात्मक सोच राख्नु- जुनसुकै कुरामा, घटनामा राम्रा पक्षमात्र खोज्ने, हेर्ने बानीको विकास गर्ने
३) A= Avoid bad things/habits
खराब चिज/ बानिहरूबाट टाढा हुनु- खराब चीजहरू, बानी, लत जस्तै चुरोट, सुर्ती, रक्सी खाने आदिबाट टाढा बस्ने बानीको विकास गर्ने
४) D= Do it now
अहिले नै गर्ने- ” समय नै धन हो” लाई आत्मसाथ गर्दै कुनै पनि काम पछि गर्छु, भोलि गर्छु नभनि समयको समुचित उपयोग गर्ने, आज, अहिले नै गर्ने बानीको विकास गर्ने ।
…..
यस परिप्रेक्ष्यमा सबै नेपाली आमा-बुवा, दिदी- बहिनी ,दाजु – भाइ, इष्ट-मित्र, समाजका सबै पक्षहरूलाई अबको एक वर्ष आफ्नो,परिवारको,समुदायको साथै समाजका हरेक गतिविधिलाई यही सकारात्मक सोच (GLAD-concept) को चस्माले हेर्न विनम्र अनुरोध गर्दछु।
हामी सबैले यही सकारात्मक सोच राखी समाजको सकारात्मक परिवर्तनको महा-अभियानमा सहभागी बनौं ।
(लेखक नेपाल सरकारको भुतपुर्व स्वास्थ्यसचिब हुन् ) ।