
स्वास्थ्यपाटि :
एमबीबीएस /बीडिएसको पढाई सकिएपछि मास्टर्स गर्नुपहिले अनिवार्य बनाइएको एकबर्षे कार्यअनुभव हटाउन पहल सुरु भएको छ ।
विभिन्न समयमा चिकित्सा क्षेत्रका अगुवाहरुले यो नियम बिभेदकारी भएको भनेर स्वीकारेपनि कुनै पहल हुन नसकेको सन्दर्भमा कानुनी लडाइँ नै लड्ने निचोडमा पुगेको यो अभियानको पहलकर्ता डा प्रज्ञान बस्नेतले बताए ।
यो कानुनी लडाइँमा चाहिने आर्थिक सहयोग एमबीबीएस /बीडिएसकै विद्यार्थी/डाक्टरहरुबाट उठाउने जनाउँदै उनले अब यो बिभेदकारी निर्णयका विरुद्ध अन्तिमपटक कानुनी तवरले नै जितेर एउटा दिशानिर्देश गर्ने उनले बताए ।
ऐन संसोधन गर्ने वा कानुनी तवरले जितेर नजिर स्थापित गर्ने दुइ विकल्प मात्र भएको तर ऐन संसोधन गर्न बहुमत सांसद चाहिने भएकाले कानुनी तवरले मुद्दा जित्न सकेमा सजिलो हुने उनले बताए ।
नेपालमा एमबीबीएस /बीडिएस सकाएपछि लागु गरिएको एक बर्षे कार्यबाध्यताले डाक्टरहरुले आफ्नो श्रमको मुल्य नपाएको धेरैको गुनासो छ ।